काठमाडौँ । सुगन तण्डुकार, ६० को दशकको सुरुआतमा ब्वाइज युनियन क्लबको जर्सीमा दशरथ रंगशालामा देखिएका यी अनुहार त्यसको २ दशकपछि नेपाली फुटबलमा छाएका छन् । उनले खेलाडी जीवनको अन्त्यपछि नै व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आफूलाई अब्बल दर्जामा राखेका छन् । तेस्रो संस्करणको एनसेल एनएसएल काठमाडौँमा शनिबारदेखि सुरु हुँदै छ । तेस्रो संस्करणमा सफलता पाउनका लागि जाम्लिङ घले अध्यक्ष रहेको पोखरा थन्डर्स पनि त्यत्तिकै लागिपरेको छ । यसका लागि व्यवस्थापकीय जिम्मेवारी सुगनले नै पाएका छन् ।
त्यसो त नेपालमा नाम चलेका ठुला व्यापारिक घरानाको पनि फुटबलमा त्यत्तिकै चासो बढेको छ । पोखरा थन्डर्सको पनि यस भिडमा पक्कै पछि परेको छैन । शिखर इन्सुरेन्सलाई मुख्य प्रायोजकको रूपमा पाएपछि पोखराको उत्साह अझ थपिएको छ । लक्ष्मी हुन्ढाइ सह प्रायोजक रहेको छ । साथमा एमटी ६३ को साथले पोखराको उत्साह अझ थपिएको हो । यत्ति मात्र होइन, केन्द्र मोसन पिक्चर्सले साथ दिँदै पोखराका खेलाडीको उत्साहमा वृद्धि गरेको छ । नेपालमा चलेका फ्रेन्चाइज मध्य यस पटकको एनसेल एनएसएल विशेष चर्चामा छ ।
यसपटक विगतको तुलनामा विदेशी खेलाडीको प्रभाव अझ देखिने निश्चित छ । यसमा पोखरा पनि पक्कै पछि पर्ने छैन । त्यो भन्दा पनि धेरै कर्पोरेट तथा व्यवसायी क्षेत्रलाई फ्रेन्चाइजमा आबद्ध गराउन भने सगुनको नेतृत्वमा रहेको व्यवस्थापकीय टोली सक्षम रहेको छ । फिफा ट्राभल्सलाई ट्रान्सपोर्ट पार्टनर बनाएको पोखराको किट पार्टनर जी स्पोट्र्स हो । डिज बुटिक होटेल हस्पिटालिटी पार्टनर रहेको पोखराको अर्को सहयोगी संस्था किङ्स हिल प्रिमियम पनि हो । धरानको मेरिकेन होटेलले पनि पोखरालाई सहयोग गरेको छ ।
६० को दशकको सुरुआतमा ब्वाइज युनियनकै प्रभावशाली खेलाडी सुमन श्रेष्ठको प्रशिक्षणमा पोखराले आफ्नो उपस्थिति जनाएको हो ।
पोखराको यस यात्रामा क्यामरुनका स्टेफन समिर, प्रसो तान्जा र विलियम समावेश छन् । यसै गरी, घानाका जो आइडु पनि टोलीमा समावेश छन् । नाइजेरियाका माइकल तथा उज्बेकिस्तानका रुस्लो माकिभ पनि छन् ।
पोखराको यो यात्रामा धेरै व्यक्तिको प्रत्यक्ष र परोक्ष सहयोगको साथ छ । यसै साथमा नेपालका स्टार आयुश घलानलाई भित्र्याउन सफल पोखराका मार्की खेलाडी भने समीर तामाङ हुन् । नवीन श्रेष्ठ टोलीका अर्का मुख्य खेलाडी हुन् । प्रतियोगितामा हरेक टोलीको स्तरमा खासै भिन्नता छैन । परन्तु तण्डुकारको बिचारमा जो टिम सही समयमा क्लिक हुन सक्छ, उनै उपाधिको दाबेदार हो ।
२५ वर्ष फुटबलमा बिताएका सुगनको यो यात्रा, मार्की खेलाडीको रूपमा समीरको अनुभव, सुमनको प्रशिक्षक जिम्मेवारी तथा जाम्लिङ नेतृत्वको एउटा महत्वपूर्ण परीक्षण १६ चैतदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताले पनि गर्ने छ ।
प्रतिक्रिया