आयोजकबाहेक कुल ४ टोलीको लाग्यो टुंगो
जुरिच । विश्वकप फुटबलअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ ले हराएको छ । केही घण्टाअघि मात्र विश्वकप २०२६ मा प्रवेश गरिसकेको अर्जेन्टिनाले ब्राजिलविरुद्ध सनसनीपूर्ण जित हात पारेको हो । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलको चौथो मिनेटमा जुलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि १२औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए । ब्राजिलका लागि म्याथ्यु चन्हाले २६औँ मिनेटमा १ गोल फर्काए ।
अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले ३७औँ तथा जियोलियानो सिमोनीले ७१औँ मिनेटमा गोल गरे । अंक तालिकामा अर्जेन्टिना ३१ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इक्वेडरको २३, तेस्रो स्थानको उरुग्वेको २१ अंक छ । ब्राजिल २१ अंकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानको पाराग्वेको २१ अंक छ भने छैटौँ स्थानको कोलम्बियाको २० अंक छ ।
बुधबार बिहानको अर्को खेलमा पाराग्वे र कोलम्बियाले २–२ गोलको बराबरी खेलेका छन् । बुधबार नै भएको सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको थियो ।
बुधबार नै भएको खेलमा भेनेजुएलाले पेरुलाई १–० ले हराएको हो । चिली र इक्वेडरको खेलमा गोलरहित बराबरी भयो ।
न् १९७८ मा पहिलोपटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रोपटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रोपटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो । हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलबाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् । सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन् ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा आयोजक देशबाहेक अन्य ४ टोली छनोट भएका छन् । एसियाबाट जापान र इरान तथा ओसियाना च्याम्पियनको रूपमा विश्वकप २०२६ मा छनोट भइसकेका छन् ।
शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अंक छ । बोलिभियाले ४ खेल खेल्न बाँकी छ ।
एसियाबाट इरानलाई सफलता
इरान विश्व कप फुटबल–२०२६ का लागि छनोट भएको छ । तेहरानमा उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप छनोट भएको हो । इरानलाई विश्वकपमा छनोट गराउने क्रममा मेहदी तरामीले दुवै गोल गरे । उज्बेकिस्तानका लागि खोजिमाट एर्किनोभ र अबोस्भेक फयजुलेभले गोल गरे । २ खेल बाँकी रहँदा इरानको २० अंक छ ।
तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको १३ अंक छ । १ समूहबाट २ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन् । सो समूहमा दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको १७ अंक छ ।
समूह–१ को अर्को खेलमा किर्गिस्तानले कतारलाई ३–१ ले हरायो । संयुक्त अरब इमिरेट्सले उत्तर कोरियासँगको खेलको २–१ को सफलता पायो । समूह ‘बी’को खेलमा कोरिया र जोर्डनबीच १–१ गोलको बराबरी भयो । प्यालेस्टाइनले इराकमाथि २–१ को सफलता पायो । ओमानले कुवेतलाई १–० ले हरायो ।
समूह ‘सी’मा यसअघि नै बराबरी गरिसकेका जापान र साउदी अरेबियाबीच गोलरहित बराबरी भएको छ । अस्ट्रेलियाले चीनलाई २–० ले हरायो भने इन्डोनेसियाले बहराइनसँगको खेलमा १–० को सफलता पायो ।
नर्वेको उत्कृष्ट सुरुआत
युरोपेली महादेशको विश्वकपमा छनोटमा नर्वेले उत्कृष्ट सुरुआत गरेको छ । समूह ‘आइ’मा लगातार दोस्रो जित हात पार्ने क्रममा नर्वेले इजरायललाई मंगलबार राति भएको खेलमा ४–२ ले हरायो । नर्वेका लागि डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लाथ, क्रिस्टोफर अजर र एर्लिङ हलान्डले गोल गरे ।
इजरायलका लागि मोहम्मद अबु फानी र डोर टुगेमानले गोल गरे । समूह ‘आइ’कै अर्को खेलमा इस्टोनेसियाले माल्डोभामाथि ३–२ को सफलता पायो । समूह ‘जे’को खेलमा काजकिस्तानले लिचेस्टाइनमाथि २–० को सफलता पायो । वेल्स भने उत्तरी मेसोडोनियासँग १–१ गोलको बराबरीमा रोकियो ।
समूह ‘एल’को खेलमा मोन्टेनेग्रोले फारो आयज्लइान्ड माथि १–० को सफलता पायो । चेक गणतन्त्रले जिब्राल्टरलाई ४–० ले हरायो ।
प्रतिक्रिया