डेमोक््रयाटिक होस या रिपब्लिक पार्टी, उनीहरूको रुचीले देखाएको छ– अश्वेतहरू हेपिनलायक मात्र होइन, खतरनाक पनि हुन्छन् भन्ने उनीहरूको मस्तिष्कमा छ । दुवै दलको विचारमा अश्वेत र प्यालेस्टाइनीहरू कम चासोका विषय हुन् । उनीहरूलाई जीवनयापनका लागि केही पैसा छुट्ट्याए पुग्छ भन्ने मान्यता स्थापित भएको छ ।
एक महिनाभन्दा बढीको समय पार गर्दा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावी अभियानमा बाचा गरेका धेरै कामलाई अघि बढाएका छन् । उनले आप्रवासी र शरणार्थीको रूपमा बस्न चाहनेहरूलाई सामूहिक निकाला (मास डिपोर्ट)को आदेश दिइसकेका छन् । संघीय डाइभर्सिटी, इक्विलिटी इन्क्लुसन (डिइआई)को बजेट कटौती गरेका छन् र सीमान्तकृत बैंक तथा ल्याटिनोमाथि गरिएको लगानी बन्द गर्नुका साथै प्रो–प्यालस्टिाइनी प्रदर्शनीमा सहभागी हुने वैध नागरिकलाई समेत देश निकाला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो प्रस्ट छ कि, हामी अर्को चार वर्ष जोगिन सके सबै खाले सीमान्तकृत र अल्पसंख्यकहरू आफू उठ्नका लागि गतिलो नेटवर्क बनाउने छौं । त्यो काम गर्नका लागि हामीले केही एजेन्डामा आफूलाई असाधारण रूपमा प्रस्तुत गर्न आवश्यक छ, जसले फरक समुदायको एकतालाई रोक्न नसकोस् । कसैले यो भन्न नसकोस् की हामीलाई आवश्यक पर्ने महिला, सामुदायिक स्वास्थ्य, जातीय समानता, शिक्षा र यस्ता थुप्रै विषयमध्येको कुनै एक विषयमा केन्द्रित गराएर नरसंहार गर्न सकिन्छ ।
सन् २०२४ को अमेरिकी निर्वाचन प्यालेस्टाइनी नागरिकमाथि इजरायली नरसंहारको छाँयामा भएको थियो । यस विषयलाई विषयान्तर गर्ने र अस्पष्ट पार्ने डेमोक््रयाटिक पार्टीको प्रयासका बाबजुद गाजा क्षेत्र र वेस्ट बैकको समस्या समाधान भएन ।
इजरायललाई तत्काल रोक्नका लागि उनीहरूले सडकदेखि प्राथमिक शिक्षालयका साथै कलेजसम्म विरोध प्रदर्शनको सामना गरे । अधिकारको मागसहितको आलोचनालाई स्वीकार गर्नुको साटो डेमोक््रयाटिक पार्टी गाजालाई समर्थन गर्न बनेको गठबन्धनलाई टुटाउन लागेको थियो ।
यथार्थमा भन्ने हो भने डेमोक््रयाट अश्वेत प्यालेस्टाइनी एकबद्धताकोबारे अस्पष्ट थियो । एकातर्फ उनीहरू एकल मागसहितका प्यालेस्टाइनी मतदातालाई विभाजन गर्न पनि उद्दत थिए । उनीहरूको दाबी पनि थियो की प्यालेस्टाइनी र अरब समुदायको साथमा उनीहरूका निकट शक्तिहरू स्वतन्त्रताका लागि प्यालेस्टाइनीलाई सहयोग गर्नका लागि मात्र तयार भएका थिए र अमेरिकामा रहेका अल्पसंख्यक समुदायका बारे उनीहरूको चासो छैन ।
डेमोक््रयाटले गाजाको घटनालाई बाह्य विषयको रूपमा लिँदै थोरै मतदाताको मात्र चासो भएको विषयको रूपमा ग्रहण गरेको थियो । उनीहरूले अन्य मारमा परेका समुदाय अश्वेत महिला, एलजिबीटीक्यू प्लस जस्तै प्यालेस्टाइनी भावनालाई केबल एउटा भिन्न विषयको रूपमा लिएका थिए । अन्य समुदायको प्यालेस्टाइनीहरूप्रतिको सद्भावको अर्थ नबुझ्नु नै जो बाइडेन र कमला ह्यारिसका लागि घातक ठहरिएको थियो ।
कसैले मसँग एकल मुद्दाकाबारे कुरा उठाएमा म सोध्ने थिएँ, ‘त्यो एकल मुद्दा के नरसंहार हो ?’ कोही पनि यो भन्न सक्दैन की उनीहरूलाई महिला अधिकार, सामुदायिक स्वास्थ्य, लैङ्गीक समानता, शिक्षामध्ये कुनै मागलाई सम्बोधन गरेरै नरसंहार गर्न पाइन्छ ।
यदि कोही एउटा समुदायको विनाशमा खुसी हुन्छ भने उ समय आएपछि अर्को समुदायको विनाशलाई रोक्न पनि केही गर्न सक्दैन । डेमोक््रयाटीक पार्टी र अप्ठेरोमा परेका समुदायप्रति लचिलो रहेकाहरू आफ्नो प्रतिबद्धतामा कति कमजोर भन्ने कुराको केही झलक छन् । उनीहरू ह्यारिसको हारको दोष ‘ट्रान्स समुदाय’लाई लगाउन हतारिए ।
एकल मुद्दा लिएको मतदाताको कुरा गरेर त्यसलाई अश्वेत प्यालेस्टाइनीहरूको ऐकबद्धतालाई कमजोर ठान्ने हतियारको रूपमा लिन कहिले पनि मिल्दैन । कलेज र विश्वविद्यालयका क्याम्पसहरूमा भएको गतिविधिका समेत आक्रमण गरियो ।
यसको समानान्तर डेमोक््रयाटीक पार्टीले गाजामा भएको गतिविधिका असहमति जनाउने केही अश्वेतलाई आफ्नो पार्टीको सदस्यता पनि दिलायो । जो बाइडेनका राष्ट्रसंघीय दूत लिन्डा थोमस ग्रिन फिल्डले युद्धविरामका विषयलाई पछाडि राख्दै इजरायलको सुरक्षित रहन पाउने अधिकारको कुरा उठाएकी थिइन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी कारियन जेन पियरेले दबाबको समयमा प्यालेस्टाइनीका बारे उठेका सबै प्रश्नलाई बेवास्ता गरे । साथै बाइडेन प्रशासनमा मानवताको पक्षमा आवाज उठाउने कमला ह्यारिसले पनि इजरायललाई हतियार विक्री गर्ने बाइडेनको निर्णयलाई समर्थन गरी रहिन् ।
डेमोक््रयाटिक पार्टीले कालो रंगलाइ आफूविरुद्धको आक्रमणमा रक्षाकबचको रूपमा प्रयोग गर्नुका साथै विविधताको एउटा भेषको रूपमा व्याख्या ग¥यो । पार्टीका अश्वेत र खैराहरूले बोल्न थालेपछि यो भेष प्रस्ट हुनु अस्वाभाविक होइन । यस अवस्थामा उनीहरूको आवाज कमजोर बनाउन र पन्छाउन डेमोक््रयाट पार्टीले सबै कुरा गरेको थियो ।
यसका बाबजुद अन्य वैकल्पिक माध्यमबाट या प्रगतिशील आवाज घन्किएको थियो । कन्टेन्ट क्रिएटर टोरी ग्रियर र टिकटकर माया अब्दुल्लाहबीचको वार्ताले यो कुरा प्रस्ट पारेको छ । टोरीले ट्रम्पको दोस्रो कार्यकालबाट डराएर ह्यारिसलाई मतदान गर्न प्रेरित गरेकी थिइन् भने अब्दुल्लाहले ह्यारिसले नरसंहार रोक्न केही पनि नगरेको आरोप लगाएकी थिइन् । उनीहरूको वार्ता सञ्चार माध्यममा समेत आएको थियो ।
डेमोक््रयाटले अरब अमेरिकन र प्रो–प्यालेस्टाइनीसँग वार्ता गर्ने कुनै तदारुकता देखाएन भने उनीहरूलाई बढी कन्जरभेटिभ भएको आरोप समेत लगायो । अधिकारीकर्मीमाथिको यसै व्यवहारका कारण हामीलाई ज्वरो आउने सपनाझैँ लाग्ने ‘फासिस्ट’ ट्रम्प कार्यकालमा धकेलेको हो ।
अल्पसङ्ख्यक समुदायका धरैजनाले ट्रम्पलाई मतदान गरे । अश्वेत भए पनि आफ्नै बंशमाथि नरसंहार भएका कारण मैले कम दानवीलाई मतदान गन प्रेरित गरिनँ ।
अश्वेतहरू निर्वाचनको समयमा विभाजित मानसिकतामा थिए । प्यालेस्टाइनी र इजरायलीको सवालमा अश्वेतको विभाजित मत छताछुल्ल भएको यो पहिलो पटक होइन । व्यङ्ग्यात्मक अश्वेत लेखक आउड्रे लोर्डे र सहकर्मी अश्वेत महिला अधिकारकर्मी जुन जोर्डनको बीचमा सन् १९८० मा भएको झगडा धेरैलाई याद छ । जोर्डन इजरायलले लेबनानमा गरेको आक्रमणमा रुष्ट थिइन् । लोर्डे भने अमेरिकीबाट प्रभावित थिइन् । उनलाई प्यालेस्टाइनीले भोगेको समस्याका बारे थाहा थिएन । उनीहरूको सम्बन्ध पनि कटु बनेको थियो ।
यसपटक पनि कुनै घटनालाई हेर्ने दृष्टिकोणमा अश्वेतहरू विभाजित भए । यसलाई डेमोक््रयाट र रिपब्लिक दुवै दलले आफ्नै ढंगले व्याख्या गरे । अश्वेतलाई उपयोग गरे । यदि अहिले पनि कसैले प्रो–प्यालस्टाइनी गतिविधिको कुरा गर्छ भने डेमोक््रयाटलाई सोधे हुन्छ, उनीहरूप्रति लचिलो हुनका लागि विगतमा के गरे ?
ट्रम्पको बारम्बारको यो यात्रामा डेमोक््रयाट खलनायकहरूको समेत भूमिका छ । डेमोक््रयाटहरूले आफ्नै ठाउँबाट धेरै प्रगतिशील काम गर्न नसकेका कारण यसो भएको हो । सन् २०१५–१६ को चुनावी अभियानमा उनीहरूले प्राइमरी तहमा ट्रम्पलाई साथ दिए । ट्रम्प सहज उम्मेदवार हुने ठान्दै उनीहरूले बनाएको रणनीति उल्टो साबित भएको थियो ।
यस परिप्रेक्ष्यमा के मनन गर्न जरुरी छ भने डेमोक््रयाटिक होस् या रिपब्लिक पार्टी, उनीहरूको रुचिले देखाएको छ अश्वेतहरू हेपिनलायक मात्र होइन, खतरनाक पनि हुन्छन् भन्ने उनीहरूको मस्तिष्कमा छ । दुवै दलको विचारमा अश्वेत र प्यालेस्टाइनीहरू कम चासोको विषय हुन् । उनीहरूलाई जीवनयापनका लागि केही पैसा छुट्ट्याए पुग्छ भन्ने मान्यता स्थापित भएको छ ।
मजस्ता धेरै अश्वेत अमेरिकनका लागि प्यालेस्टाइनमा जे भइरहेको छ र हाम्रा मानिसहरूले जे सहेका छन् त्यसलाई हेर्ने समानान्तर दृष्टिकोण छन् । प्यालेस्टाइनी जनताले सहेको क्रूर रंगभेद यहाँ अमेरिकामा अश्वेतमाथि हुने गरेको सामूहिक हत्यासँग प्रत्यक्ष सम्बन्धित छ । प्यालेस्टाइनको घटनाको प्रतिध्वनि यहाँ विरोधाभाषपूर्ण रूपले देखिएको छ । हाम्रो पहिचान नै राज्यका लागि चुनौती पनि कतै ठानिएको छ । मैले मेरा साथीहरूमा यो महसुस भएको देखेको छु ।
हामीले सुपर बोलमा पनि देखेका छौ । मध्यान्तरको समयमा अश्वेत जुर ओरानियन नन्तम्बुले सुडान र प्यालेस्टाइनको झन्डा लिएर कुदेका थिए । गाजामा १६ महिना यता भएका नरसंहारले अमेरिकी सैन्य कम्प्लेक्स र इजरायलीबीचको, अमेरिकी सेना र इजरायली व्यवसायी शक्ति तथा अमेरिकी प्रहरी र इजरायली सुरक्षा संयन्त्रबीचको सम्बन्धलाई अगाडी ल्याएको छ ।
ट्रम्प र उनको उग्र श्वेत राष्ट्रवादी समूहले कमजोर समुदायको विरुद्धमा प्रहरी र अन्य सुरक्षा संयन्त्र परिचालित गरेको छ । अश्वेत र खैरा व्यक्ति एलजिबिटिक्यू प्लस र प्रो प्यालेस्टाइनी अभियन्ताले सोही किसिमको आक्रमणको सामना गरेका छन् । हाम्रो शक्ति नै हाम्रो एकता हो । स्थापित मान्यताको विरुद्धमा लाग्न हामी एकजुट हुनुको विकल्प छैन ।
(गेराल्ड नेमिथ जुनियर नर्थ क्यारोलिनामा रहेका लेखक तथा रेडियो कार्यक्रम प्रस्तोता हुन् । थुप्रै सञ्चार माध्यममा पप संस्कृति र राजनीतिका बारे लेख्दै आएका उनको अल जजिरामा १० मार्चमा प्रकाशित लेखको अनुवाद ।)
प्रतिक्रिया