‘नाडा अटो सो २०२५’ को रजिस्ट्रेसन खुला

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी वर्ष ३ देखि ८ भदौसम्म १७औँ संस्करणको ‘नाडा अटो सो २०२५’ आयोजना गर्ने भएको छ । अटो सो काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने छ । उक्त अटो सोका लागि २७ फागुनदेखि ४ चैतसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरूजस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।

प्रतिक्रिया