एनएसएलको प्रायोजक एनसेल

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सर रहने भएको छ । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एसएसइएम) ले आयोजना गर्ने एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।

शुक्रबार यस साझेदारीको घोषणा गरिएको थियो । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एसएसइएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । एनएसएलको आधिकारिक २९ खेल मार्चबाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित ७ टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया