३० खेलाडी बन्द प्रशिक्षणमा जाँदै

काठमाडौँ । युवा फरवार्ड नीराजन धामी र सुवास बमलाई समेट्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । २१ मार्चमा नेपालले सिंगारपुरसँग मैत्रीपूर्ण खेल तथा २५ मार्चमा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ का लागि नेपाली टोलीको तयारी जारी छ । यी प्रतियोगिता प्रशिक्षक रसका लागिसमेत महत्वपूर्ण रहेका छन् । यी २ खेलका लागि नवनियुक्त प्रशिक्षक रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपाली उमेर समूहका विभिन्न टोलीको कप्तानी गरिसकेका सुवास उदीयमान फरवार्ड हुन् । उनलाई भविष्यको स्टारको रूपमा हेरिएको छ । नेपाल पुलिस क्लबबाट एन्फा यु–१६ र १८ युथ लिगमा उनले उत्कृष्ट प्रदर्शन गर्दै वाहवाही बटुलेका थिए ।

गत वर्ष भएको एन्फा यु–१६ युथ लिगमा उनले १४ गोल गरेका थिए । एन्फा यु–१८ युथ लिगमा भने उनले सर्वाधिक २४ गोल गर्दै पुलिसलाई लिग च्याम्पियन बनाएका थिए । यी दुवै लिगमा उनले पुलिस क्लबको नेतृत्वसमेत गरेका थिए । मनाङ मस्र्याङ्दीबाट ‘ए’ डिभिजन लिग खेलिसकेका नीराजन पनि उत्तिकै सम्भावना बोकेका खेलाडी हुन् । गत अगस्टमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यु–२० च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पु¥याउन उनले ३ गोल गरेका थिए । उनी पछिल्लो समय त्रिभुवन आर्मी क्लबको जर्सीमा देखिँदै आएका छन् । गत नोभेम्बरमा ताजिकिस्तान र अफगानिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा पनि उनी राष्ट्रिय टोलीमा थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलेका उनी उदीयमान खेलाडी घोषित भएका थिए ।
सो खेलमा आर्मी मच्छिन्द्र फुटबल क्लबसँग २–० ले पराजित भएको थियो । सो खेल नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक रसले पनि हेरेका थिए । नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन् । एन्फाले उनीसँग १ वर्षको सम्झौता गरेको छ । सो खेल लगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ । पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो । मैदान र सुरक्षाका कारण देखिउँदै खेलस्थान मलेसिया सारिएको हो ।

खड्गी सहायक प्रशिक्षक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मंगलबार उनलाई सिंगापुर र मलेसियाविरुद्ध हुने खेलको जिम्मेवारी सुम्पिएको हो । नेपालले २१ मार्चमा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्यसको ४ दिनपछि नेपालले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग पहिलो लेग खेल्ने तय छ। यी खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सल्यानले सहायक प्रशिक्षकको रूपमा सघाउने छन् । यस्तै, एन्फाले विनोद महर्जनलाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
नकुल हमाल र रमेशकुमार कार्कीलाई टिम म्यानजरको जिम्मेवारी दिइएको छ । निशान्त जोशी भने टिमको फिजियो रहने छन् ।

प्रारम्भिक टोली

गोलकिपर : किरणकुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, एञ्जल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डर : लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु

फरवार्ड : जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, समीर तामाङ, दीनेश हेन्जन, सुवास ठकुरी बम, नीराजन धामी

प्रतिक्रिया