‘मोटिभेटर’हरूको कारोबार पनि पल्लवित र पुष्पित हुन थालेको छ । ‘मोटिभेसन’को निम्ति खोलिएका उद्योगहरूको आर्थिक कारोबार पनि खर्बौं डलरसम्मको हुन गएको छ । केही राम्रा मोटिभेटरहरू पनि छन् तर सनातन हिन्दू धर्ममाथि विश्वास गर्नेहरूले आफ्ना महापुरुषहरूको जीवनगाथालाई अध्ययन र स्मरण गर्ने हो भने हामीले अन्त जानै पर्दैन ।
महान प्रेरक एवं आध्यात्मिक महापुरुष स्वामी विवेकानन्दको ३९ वर्षकै अल्पायुमा निधन भएको थियो । तर महापुरुषहरूको जीवनकाल तिनको महान कर्म र योगदानका कारण हजारौँ वर्षसम्म स्मरणीय एवं प्रार्थनीय हुन जान्छ । पीडा, कष्ट एवं अभावग्रस्त जीवनयात्रामा पनि उनले सनातन धर्म एवं भारतवर्षको निम्ति ठूलो योगदान दिएर गएका छन् । मनुष्यको निम्ति असम्भव केही पनि होइन । तर हामीले आफूलाई अथवा अन्य कसैलाई पनि कहिल्यै कमजोर ठान्नु हुँदैन ।
आज पूरै विश्वमा सबैभन्दा बढी प्रेरणा अथवा मोटिभेसनको कुरा गरिन्छ । जीवनको अर्थ खोजिन्छ । प्रविधि बिस्तारको यस युगमा व्यक्ति आफूलाई एक्लो महसुस गरिरहेका हुन्छन् । शायद त्यही भएर होला व्यक्ति निराश एवं विचलित पनि हुँदै गएका छन् । वर्तमानको आधुनिक एवं व्यस्त युगमा पनि स्वामी विवेकानन्दको विचारलाई हामीले आत्मसात गर्ने हो भने हाम्रो जीवनयात्रा अझ बढी सहज, सरल एवं सुविधाजनक हुन जानेछ ।
नयाँ पुस्तामा नैराश्यता बढेको छ । तीव्र प्रतिस्पर्धामा आफ्नो स्थानलाई खोज्नु अथवा सुरक्षित राख्नु व्यक्तिको एक मात्र लक्ष्य हुन गएको छ । अपेक्षित सफलता हासिल नभएपछि व्यक्ति विचलित भई आत्महत्या गर्ने अवस्थामा समेत पुग्छ । व्यक्तिको यस दुःख र पीडाबाट लाभ उठाउन पनि वर्तमानको आर्थिक युगले नयाँ–नयाँ जुक्ति निकालेको छ । निराश व्यक्तिलाई उत्साही बनाउन हजारौँ प्रेरक व्यक्तिहरू चर्चामा आउने गरेका छन् । ‘मोटिभेटर’हरूको कारोबार पनि पल्लवित र पुष्पित हुन थालेको छ । ‘मोटिभेसन’को निम्ति खोलिएका उद्योगहरूको आर्थिक कारोबार पनि खर्बौं डलरसम्मको हुन गएको छ । केही राम्रा मोटिभेटरहरू पनि छन् तर सनातन हिन्दू धर्ममाथि विश्वास गर्नेहरूले आफ्ना महापुरुषहरूको जीवनगाथालाई अध्ययन र स्मरण गर्ने हो भने हामीले अन्त जानै पर्दैन ।
प्रेरणा हासिल गर्नको निम्ति तथा नयाँ संकल्प लिनका निम्ति कुनै ठूलो ‘प्रेरणा बजार’ अथवा ‘मोटिभेसन इन्डस्ट्रिज’ मा जानुपर्ने छैन । स्वामी विवेकानन्द ३९ वर्षसम्म मात्रै बाँचे, तर हजारौँ वर्षको निम्ति काम गरेर गएका छन् । उनको जीवनयात्रालाई नजिकबाट नियालेर हेर्ने हो भने अनेकौँ अप्ठ्यारा, संकट, अभाव एवं कष्टमा उनलाई बाँच्नुपरेको थियो तैपनि उनले धैर्य एवं साहसलाई गुमाएनन्, विचलित भएनन् । उनी बाँचुञ्जेलसम्म यस्ता अनेकौँ चुनौती एवं कष्टहरूको सामना गर्दै सनातन धर्म एवं भारतवर्षलाई धेरैथोक दिएर गएका छन् ।
विश्व र समाजलाई उनले धेरै थोक दिएर गएका छन् । अमेरिकाको बोस्टनस्थित ट्वान्टीएथ सेन्चुरी क्लबमा उनले दिएका भाषण, जुन वेदान्त दर्शनमा आधारित थियो, पूरै विश्व जगतलाई हाम्रो सनातन धर्म एवं जीवनपद्धतिबाट अवगत गराएको थियो । हामीले सामाजिक एवं निजी जीवनमा भोगिराखेका चुनौतीहरू स्वामी विवेकानन्दले भोगेका चुनौतीको तुलनामा केही पनि छैन । उनको शरीरलाई ‘व्याधि मन्दिरम’ पनि भनिन्छ । उनले बाँचुञ्जेलसम्म रोगहरूसँग मुकाबिला गर्दै रहनुपर्यो ।
२ वटा रोग उनले पुर्खाबाट विरासत (उत्तराधिकार)मा पाएका थिए, पहिलो मधुमेह र दोस्रो मुटुरोग । अचानक बुबाको निधनपश्चात् सधैँ नै जोडले उनको टाउको दुख्ने गर्दथ्यो । त्यसबाट मुक्ति पाउन उनी कपुर सुँघ्ने गर्दथे । भनिन्छ, पुरै जीवनमा उनलाई ३१ वटा रोग लागेको थियो । मुटुरोग, मधुमेह, दम, पत्थरी, मिर्गौला समस्या, अनिद्रा, न्युरोस्थेनिया, कलेजोसम्बन्धी रोग, डायरिया, टाइफाइड, टन्सिल, जोडले टाउको दुख्नु, मलेरिया, विभिन्न किसिमको ज्वरो, पेटमा पानी जम्नु, पाचन क्रिया कमजोर, डिस्पोसिया, लाम्बेगो अथवा ढाडको दुखाइ, घाँटीको दर्द, ब्राइटिस डिजिज, ड्रौप्सी, आँखा रातो हुनु, एल्बुमिनियुरिया, एउटा आँखाको ज्योति समाप्त हुनु, कम उमेरमा कपाल र दा¥ही फुल्नु, रातिको खाना पश्चात् तीव्र गर्मीको अनुभूति हुनु, गर्मी सहन गर्न नसक्नु, चाँडै थाक्नु, सी सिकनेस र सन स्ट्रोक जस्ता रोगहरू भएको थियो ।
समय–समयमा उनले आफ्ना आफन्तहरूलाई लेखेका पत्रहरूमा यी कुराहरूको उल्लेख पाइन्छ । तर हामी कल्पना गरौँ कि, यति रोग र व्याधिले घेरिएका बाबजुद एउटा सन्यासीले यति कम समयमा कसरी यति ठुलाठुला काम गर्न सकेका होलान् ? बिल्कुलै अविश्वसनीय तर उनले युगौँयुगसम्म असर पार्न सक्ने खालका कामहरू गरेर देखाइदिए ।
सन् १८९७ मा डा. शशि घोषलाई उनले अल्मोडाबाट लेखेको पत्रमा निद्रा नआउने रोगको सन्दर्भमा चर्चा गर्दै बालिग भएपछि आपूmलाई जीवनमा कहिल्यै ओछ््यानमा जाने बित्तिकै निद्रा नआएको उल्लेख गरेका थिए । उनले कम्तीमा पनि २ घण्टासम्म यताउता घुमिरहनु पर्दथ्यो । एकपटक मद्रासदेखि दार्जिलिङसम्मको यात्रा र प्रवासका दौरान तकियामा टाउको राख्ने बित्तिकै निद्रा आएको थियो । अनिद्राका कारण उनी राति यताउता घुम्ने रोग र रातिको खानापछि गर्मी लाग्ने समस्याबाट सधैँ पीडित रहे । अचलानन्दलाई उनले बताएका थिए कि बालिग भएपछि उनले कहिल्यै ४ घण्टाभन्दा बढी सुत्न सकेनन् । उपचारका लागि उनी चिकित्सककहाँ पनि गए ।
उनी बाँचुञ्जेलसम्म मेडिकल साइन्सको त्यति बढी विकास बिस्तार भएको थिएन । उपचारको निम्ति उनले एलोपैथी, होम्योपैथी, आयुर्वेद र देश–विदेशका झोलाछाप डाक्टर अथवा मामुली डाक्टरकहाँ जानुप¥यो । सधैँ आर्थिक संकट भइरहन्थ्यो । डाक्टरलाई फिस दिन उनीसँग पैसा हुँदैनथ्यो । एकपटक सन् १८९८ मा उनले डाक्टर के.एल. उनको नजिक गएका थिए । उपचारपछि डाक्टरलाई बुझाउनुपर्ने ४० रुपैयाँ फिस र १० रुपैयाँको औषधि खरिद गर्नुपरेको थियो । त्यतिबेलाको ५० रुपैयाँको मूल्य कति थियो होला यसको सहजै आँकलन गर्न सकिन्छ । तर उनीसँग त्यति पैसा थिएन । उनका गुरुदाईहरूले बडो कठिनाईले त्यस पैसाको व्यवस्था गरेका थिए ।
घरायसीको समस्याका कारण पनि उनी आजीवन व्यथित र दुःखी नै थिए । आफ्नो रोगभन्दा पनि आफ्नी आमा भुवनेश्वरी देवीको कारण बढी व्यग्र र हैरान थिए । जबसम्म उनका बुबा विश्वनाथ दत्त जीवित थिए, उनको परिवारको मासिक खर्च मात्रै १ हजार रुपैयाँ थियो । सन् १८८४ मा उनको निधनपश्चात् उनकी आमाले पारिवारिक खर्च घटाएर सीमित पारिन् । अचानक आएको समस्या र गरिबीका बाबजुद पनि उनकी आमाले धैर्य गुमाइनन्, अर्कातिर स्वामीजीलाई भने आफ्नो आमालाई अपेक्षित सुख, सुविधा दिन नसकेकोमा दुःखले सताउने गर्दथ्यो । आमा गरिबीमा जीवन बिताउँथिन् । यो कुरा उनलाई मन परेको थिएन । एकपटक उनले भनेका पनि थिए कि, जसले आफ्ना आमालाई सही ढंगले पूजा गर्न सक्दैन ती व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन ।
जोकोही पनि उनको दुःख र समस्यालाई कल्पना मात्र गर्दा विचलित हुन सक्दछ । यसको बाबजुद उनले यस्ता काम गरे जो भारतवर्षमा हजारौँ वर्षसम्म स्मरणीय रहिरहनेछ । सनातन हिन्दू धर्मको प्रचारप्रसारका निम्ति उनको योगदान अतुलनीय रहिरहनेछ । यस महामानव भन्दा ठूला प्रेरक व्यक्ति कोही पनि भएन । पारिवारिक जीवनमा ठूलो समस्या, निजी जीवनमा रोग व्याधिबाट हैरान तैपनि अरूका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति र आफ्नो सभ्यता एवं संस्कृतिका निम्ति उनले आफ्नो सबैथोक समर्पित गरे । उनीभन्दा ठूलो चरित्र नयाँ पुस्ता र युवाको निम्ति अरू केही हुनै सक्दैन ।
हामीले सपना देख्नुपर्दछ र पुरै आत्मविश्वासका साथ त्यसमा काम गर्नुपर्दछ । आफ्नो जीवनमा लक्ष्यको निर्धारण, असल गुरुको छनोट, आफ्नो कुरालाई अभिव्यक्त गर्न सक्नु तथा त्यसमै समर्पित रहनुलाई सफलता प्राप्तिको सूत्र बताएका थिए । इतिहासमा अनेकाँै नायक भए जसको त्याग र बलिदानबाट संसार यहाँसम्म आइपुगेको छ, तर अभाव र समस्याका बीच यतिधेरै गर्न सक्ने निकै कम महापुरुष भए । वर्तमान पुस्ताले यदि उनको पुरुषार्थ, संकल्प र संघर्षलाई आत्मसात गर्नेछन् भने विरक्ति, निराशा अथवा दुःखको अनुभूति गर्नुपर्ने छैन ।
विवेकानन्दको जीवनको मिसन र भिजन (ध्येय र दृष्टि) बाट नै युवा पुस्ता जीवनको महत्व बुभ्mनेछन् । भारत वर्षलाई उनले आध्यात्मिक एकताका निम्ति नयाँ ऊर्जा प्रदान गरे । उनकै कारण जीवनको प्रत्येक क्षेत्रमा नयाँ चेतनाको बिस्तार भएको अनुभूत गर्दछन् भारतवर्षका जनता । यस्ता महापुरुष–मनिषी र विज्ञहरूकै कारण कुनै पनि देश जगद्गुरु हुने गौरव र अवसर प्राप्त गर्दछ । हामीले स्वामी विवेकानन्दका निम्ति र आफ्नो निम्ति उनको स्मरण समय–समयमा गरिराख्नु पर्दछ ।
हाम्रा उपनिषद्, पुराणहरू, वेद र सबै शास्त्रहरूमा जेजति अपूर्व सत्य लुकेका छन् ती पानाहरूलाई किताबभन्दा बाहिर ल्याउनु पर्दछ र समाजलाई जागृत गर्नुपर्दछ । मन्दिरको पर्खालभन्दा बाहिर ल्याएर, जलको शून्यभन्दा टाढा र केही सम्प्रदाय विशेषको हातबाट तानेर चारैतिर छर्नुपर्दछ । ताकि यो सत्य दावानलको समान चारैतिर फैलिन सकोस् । हिमालयदेखि कन्याकुमारी र सिन्धुदेखि ब्रह्मपुत्रसम्म सनातन धर्मको प्रचारप्रसार हुन सकोस् । स्वामी विवेकानन्दजस्ता महामानव विरलै जन्म लिन्छन् ।
प्रतिक्रिया