आजभोलि हामी नेपालीहरूमा पनि चाड, पर्व, दिवस आदिको अवसरमा पाइने छुट्टी वा भनौँ बिदामा सके विदेश घुम्ने नभए स्वदेशकै विभिन्न ठाउँ घुमफिर गर्ने बानीको विकास हुँदै छ । जसले गर्दा ग्रामीण क्षेत्रका ससाना होटेल, लज र होमस्टे सञ्चालकहरूका लागि धेरै राम्रो आर्थिक आधार खडा भएको छ ।
हामी नेपाली जहिले पनि जे विषयमा पनि वास्तविकता नबुझी हतार–हतार घोषणा गरिहाल्ने, बोलिहाल्ने, लेखिहाल्ने गर्छौं । हुने र नहुने नछुट्याई वास्तविकता के हो ? नछुट्याई हत्तपत्त वचन दिइहाल्छाँै । वचन दिइ हालेपछि अप्ठ्यारोमा पर्ने गर्छौं । यसो गर्नु हामी नेपालीहरूको आम प्रचलन जस्तो, संस्कृति जस्तो हुन गएको छ ।
माथिको छोटो गन्थन–मन्थनको आशयचाहिँ नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले केही समयअघि घोषणा गरेको ‘पर्यटन नीति–२०८१’ का सम्बन्धमा हो । किनभने, यसअघि नै २०६५ सालमा नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन नीति–२०६५’ ल्याइसकेको छ । त्यसैले पहिले नै ल्याइसकेको ‘पर्यटन नीति’मा नै थप दफा वा उप दफाहरूको व्यवस्था गर्दा भइहाल्थ्यो कि, ‘पर्यटन नीति–२०६५’ हुँदाहुँदै फेरि नयाँ ‘पर्यटन नीति–२०८१’ चाहिन्थ्यो ? भन्ने प्रश्न गर्ने पनि रहेका छन् ।
पर्यटन मन्त्रालयले ‘पर्यटन नीति–२०८१’ का लागि सुझावसमेत माग गरिसकेको हुनाले अब हामीले (खास गरी पर्यटन व्यवसायीहरूले) नयाँ ‘पर्यटन नीति–२०८१’ मा आमनेपालीका साथसाथै सबै क्षेत्रका कर्मचारी जस्तै निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग एवं नेपालमा रहेका विदेशी राजदूतावास, विदेशी नियोग, दातृ निकाय, निजी क्षेत्रका बैंक, वित्त कम्पनी, आइटी कम्पनी, फाइनान्सहरू, सहकारीहरू, आइएनजिओ–एनजिओमा कार्यरत कर्मचारी, निजी कम्पनी, कलकारखाना, उद्योग, सेवा प्रदायक कम्पनी, फर्म, सूचना प्रविधि आदि क्षेत्रमा कार्यरत मानिसले बिदाको समयमा अनिवार्य रूपमा स्वदेशभित्रका विभिन्न स्थानमा आन्तरिक पर्यटकका रूपमा घुम्न जानैपर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
हुन त केही वर्ष देघिदेखि नेपालीहरू पनि स्वःस्फूर्त रूपमा स्वदेशका विभिन्न स्थान तथा विदेश घुम्न जान थालेको देखिन्छ । तर, अब बन्ने भनिएको नयाँ ‘पर्यटन नीति–२०८१’ मा नेपालीहरूलाई सकेसम्म र, पहिले नेपालकै विभिन्न ठाउँमा बिदा मनाउन अनिवार्य रूपमा जानैपर्ने व्यवस्था गरेर आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । यसो गर्न सकेदेखि समग्र देशको अथवा भनौँ ग्रामीण तह (भुइँ तहको) को आर्थिक विकासमा योगदान पुग्ने देखिन्छ । त्यसैले यस कार्यका लागि हामी सबैले सकारात्मक ढंगले सोच्नुपर्ने देखिन्छ । खास गरी नेपाल सरकार र सरकारी क्षेत्रमा काम गर्ने उच्च तहका मानिसमा देशको ग्रामीण तहको अर्थतन्त्र उकास्न र समग्रमा आर्थिक विकास गर्नमा आन्तरिक पर्यटनको महत्वपूर्ण योगदान रहनेमा गम्भीर भएर सोच्नुपर्ने र सो सम्बन्धमा सकारात्मक ढंगले कदम चालिहाल्नुपर्ने देखिन्छ ।
अहिले विश्व एक गाउँ (ग्लोबल भिलेज) भइसकेको भन्ने मान्यता स्थापित हुँदै छ । हो, जुन कुनै व्यक्तिले चाहेमा आजको जमानामा एकै छिनमा विश्व ब्रमाण्ड नै घुम्न सक्छ । निकट भविष्य (लगभग ३३–३४ दिनपछि) मै विक्रम संवत्अनुसारको नयाँ वर्ष २०८२ लाग्दै छ । सो अवसरमा नेपालीहरू बिदा मनाउन वा घुम्न जानेछन् । किनभने, हाम्रो देश नेपालमा पछिल्लोपटक यस्तो क्रम बढ्दो रहेको देखिन्छ । त्यसै क्रममा नेपालको विभिन्न पर्यटकीय स्थल र सहरबजारमा भीडभाडका साथ नेपालीहरूको उपस्थिति रहने गरेको देखिन्छ । आजभोलिका नयाँ पुस्ताका नेपालीहरूमा नयाँ वर्ष (विक्रम संवत्् तथा इस्वी संवत्), दसैँ, तिहारको लामो बिदालगायत अन्य चाडपर्वहरूमा स्वदेश तथा विदेश घुम्ने प्रचलन बढ्दो क्रममा रहेको देखिन्छ ।
त्यसैले माथि एक प्रसंगमा भनिएझैँ आजभोलि नेपालीहरू विक्रम संवत् तथा इस्वी संवत्, दसैँ, तिहार, छठ पर्व, उधौली, उभौली लगायतको अवसरमा दिइने बिदामा आन्तरिक पर्यटकका रूपमा आफ्नो देशको विभिन्न ठाउँमा लामो तथा छोटो भ्रमण गर्न जानेहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ । अझ यस्ता खालका बिदा र उत्सव मनाउने क्रम विक्रम संवत्का अवसरमा भन्दा ग्रेगोरी पात्रौ (इस्वी संवत््) अनुसारको न्यु इयर एवं क्रिश्चियन धर्माबलम्बीहरूको ‘क्रिसमस डे’र ‘ईभ’को अवसरमा बढी चहलपहल देखिन थालेको छ । हुन त चाडपर्व र आन्तरिक पर्यटनको कुरो गर्दाखेरि पछिल्लोपटक बडा दसैँ एवं तिहार’को अवसरमा सबैभन्दा ठूलै संख्यामा नेपालीहरू घुम्न जाने गरेको तथ्यांक रहेको देखिन्छ ।
आजभोलि हामी नेपालीहरूमा पनि चाड, पर्व, दिवस आदिको अवसरमा पाइने छुट्टी वा भनौँ बिदामा सके विदेश घुम्ने नभए स्वदेशकै विभिन्न ठाउँ घुमफिर गर्ने बानीको विकास हुँदै छ । जसले गर्दा ग्रामीण क्षेत्रका ससाना होटेल, लज र होमस्टे सञ्चालकहरूका लागि धेरै राम्रो आर्थिक आधार खडा भएको छ । किनभने हामी नेपालीहरूले पनि आ–आप्mनो चाड, पर्व, मेला, दिवस, जन्म–जयन्ती आदिको अवसरमा पाइने छुट्टी वा भनौँ बिदालाई सदुपयोग गर्दै घुमफिर गर्ने बानी बसालेमा देशलाई लाभ हुन्छ । आप्mनो देशका जातजाति, भाषाभाषी, भूगोल, प्राचीनस्थल, पुराना गुफा, ओढार, स्मारक, गढी, किल्ला, दूर्ग, ऐतिहासिक स्थल, प्राकृतिक सुन्दरताको बेग्लै अनुभव र अनुभूति लिन र गर्न सक्छौँ । साथै देशको आन्तरिक अर्थतन्त्र पनि चलायमान हुन्छ ।
हामीले घुम्ने बानी बसालेमा देश विकासमा पनि केही न केही भरथेग र सहयोग पुर्याएका हुन्छौँ । खैर, यो सन्दर्भलाई अहिले यही छाडौँ । खास गरी हामीले दसैँ र तिहारको अवसरमा मात्रै लामो बिदा पाउने गरेका छौँ । जबकि नेपालका हरेक जातजाति, भाषाभाषी, धर्माबलम्बीहरूले लामो समयसम्म (१५ दिनदेखि १ महिनासम्म) आपूmले मान्ने चाड पर्व मनाउने गर्छन् । ती मध्ये कतिपय जातजाति र समुदायलाई सो अवसरमा राज्यले बिदा नै दिएको छैन भने बिदा दिइएका जातजातिहरूलाई पनि बढीमा एक दिन बिदा दिने गरिन्छ । यसरी हेर्दा राज्यले आप्mना नागरिकमध्ये ‘कसैलाई काखा र कसैलाई पाखा’ गरेको र, विभेदपूर्ण ढंगले व्यवहार गरेको जस्तो पनि देखिन्छ । जबकी राज्यले त आप्mना देशका सबै नागरिकहरूलाई समान व्यवहार गर्नुपर्ने हो ।
तथापि पनि धेरैजसो नेपालीहरू जो निजामती कर्मचारीहरू, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, नेपालमा रहेका राजदूतावास, विदेशी नियोग, दातृ निकाय, निजी क्षेत्रका बैंक, वित्त कम्पनी, फाइनान्स कम्पनी, सहकारीहरू, आइएनजिओ, एनजिओमा कार्यरत कर्मचारीहरू, निजी कम्पनी तथा कलकारखाना, उद्योग, सेवा प्रदायक कम्पनी, फर्म, सूचना प्रविधिको क्षेत्रमा कार्यरत मानिसहरूले बिदाको समयमा देशभित्रकै विभिन्न स्थानमा आन्तरिक पर्यटकका रूपमा जानभन्दा पनि विदेश जान थालेका छन् भन्ने भनाइ रहेको छ । त्यस्ता नेपालीहरूलाई सकेसम्म नेपालकै विभिन्न ठाउँमा बिदा मनाउन गएर आन्तरिक पर्यटक भई समग्रमा देशको आर्थिक विकासमा योगदान दिनुपर्छ भन्ने सोचाइ ल्याउनुपर्ने देखिन्छ । हुन त धेरथोर नेपालीहरूले स्वदेशकै विभिन्न पर्यटकीयस्थलमा घुम्न जान थालेका छन्, यो धेरै राम्रो कुरो हो ।
तत्कालीन (संंयोगले अहिले पनि) अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक गतिविधि नेपालको कुनाकाप्चासम्म चलायमान रहोस् भन्ने पवित्र उद्देश्यले नै हुनुपर्छ, सरकारी कर्मचारीहरूलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिनेसम्बन्धी नीति ल्याएका थिए । तर, सो नीतिलाई कार्यन्ययनमै ल्याइएन । कर्मचारीतन्त्र, खास गरी ठूला पदमा रहेका कर्मचारीले देश विकासमा आप्mनो पनि सानोतिनो योगदान पुग्ने, रहने सम्झेर कम्मर कसेर सरकारले ल्याएको सरकारी कर्मचारीहरूलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिने सम्बन्धी सो नीति कार्यन्ययनमा ल्याउन र त्यसका लागि चाहिने कार्यविधि कसरी बनाउने, कार्यविधिमा केके राख्ने ? भनी तदारुकताका साथ लाग्नुपर्ने थियो । तर, सरकारले ल्याएको सरकारी कर्मचारीलाई १० दिनको ‘पर्यटन काज बिदा’ सम्बन्धी नीतिलाई कार्यन्ययनमा ल्याउनुको सट्टा बेवारिसे बनाए, ‘यता न उताको बनाए । जुन साह्रै दुःखद् अवस्था हो ।
अझै पनि हामी नेपाली जो घुम्न सक्ने हैसियतमा छन्, उनीहरूले आप्mनै देशभित्रका विभिन्न पर्यटकीय महत्वका ठाउँहरू जस्तो कि, ऐतिहासिक महत्वका ठाउँहरू, सांस्कृतिक महत्वका स्थानहरू, डाँडो, किल्ला (फोर्ट), दुर्ग, ऐतिहासिक युद्घस्थलहरू, ऐतिहासिक स्मारकहरू, सम्पदा रहेका ठाउँहरू, प्राचीन महत्व बोकेका महत्वपूर्ण स्थलका साथै स्मारकहरू, आप्mनो देशको विभिन्न स्थानमा बसोवास गरेका जातजाति, भाषाभाषी, धार्मिकस्थल, मठ–मन्दिर, गुम्बा, सहर–बजार गाउँ–घर, हिमाल, पहाड, ताल–तलैया, निकुञ्ज आदि क्षेत्रको घुमफिर गर्नका लागि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
सकेसम्म आप्mनै देशभित्र रहेका पर्यटकीय महत्वका ठाउँहरू, ऐतिहासिक महत्वका ठाउँ, सांस्कृतिक महत्वका स्थानहरू, किल्ला, दुर्ग, ऐतिहासिक स्थल, स्मारक, सम्पदा, प्राचीन महत्व बोकेका स्थल, स्मारक, आप्mनो देशको विभिन्न स्थानमा बसोवास गर्ने जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको गाउँ, ठाउँ, सहर, बजार घुमफिर गरौँ । त्यसैले घरपरिवारको खर्च धानेर वचत गर्न सक्ने, घुमफिर गर्नका लागि खर्च गर्न सक्ने स्थितिमा रहेका नेपालीहरूले सकेसम्म पहिले आप्mनै देश घुमफिर गरौँ, अनि मात्रै ‘विदेश तथा विदेशका विभिन्न ठाउँहरू घुमौँ है ।’
प्रतिक्रिया