काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र म्यानमार फाइनला प्रवेश गरेका छन् । ४ टोली सहभागी प्रतियोगिताको सुरुआती २ खेलमा नेपाल र म्यानमारले सफलता पाए भने लेबनान र किर्गिस्तानले सुरुआतका दुवै खेलमा पराजयको सामना गरे । दशरथ रंगशालामा बिहीबार भएको लेबनानसँगको खेलमा नेपाल १–० ले विजयी भएको हो । ४१औँ मिनेटमा उनले रिबाउन्डमा पाएको बललाई गोलमा परिणत गरेकी हुन् ।
सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । १०औँ मिनेटमा लेबनानकी क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औँ मिनेटमा नेपालका लागि बिमला चौधरीले गरेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
१३औँ मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औँ मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको हो । १७औँ मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औँ मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औँ मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३१औँ मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औँ मिनेटमा क्रिस्टी मालुफको प्रहार गोलपोस्टको छेवैबाट बाहिरियो ।
म्यानमार पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार सम्पन्न खेलमा किर्गिस्तानलाई ५–० ले हराउन सफल भएको हो । यो नजितासँगै म्यानमारले २ खेलबाट ६ अंक पु¥याएको हो ।
म्यानमारले यसअघि लेबनानलाई ३–१ ले हराएको थियो । किर्गिस्तान भने जितविहीन छ । यसअघि किर्गिस्तान नेपालसँग १–० ले पराजित भएको थियो । म्यानमारलाई लगातार जित दिलाउन योन वादी र मे हिइत लुले समान २ गोल गरे । सानदार लिनले १ गोल थपे । सुरुआतदेखि नै म्यानमारले खेलमा दबदबा कायम राखेको थियो । योनले दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाए । ३०औँ मिनेटमा सनदारले अर्को गोल गरे ।
त्यसको ६ मिनेटपछि नै मेले गोल गर्दै अग्रता ३–० मा पु¥याएका हुन् । पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाएका हुन् । दोस्रो हाफमा मेले अर्को गोल थपे । ४९औँ मिनेटमा मेले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भएको हो । फाइनल प्रवेशअघि लिग चरणको अन्तिम खेलमा म्यानमार र नेपाल खेल्न बाँकी छ ।
प्रतिक्रिया