ग्रिसमा एन्जिलाको डेब्यु

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले युरोपियन फुटबलमा डेब्यु गरेकी छन् । ग्रिसको शीर्ष डिभिजिन महिला लिगमा उनले शनिबार पहिलो खेल खेलेकी हुन् ।

एन्जिला ग्रिसको नीस अट्रोमिटौबाट डेब्यु खेलमै सुरुवाती ११ मा परेकी थिइन् । तर उनको टोली ४–० ले ओएफआई एफसीसँग पराजित भयो। ११ खेलबाट ओएफआई २२ अंकसहित तालिकाको शीर्ष २ मा छ। एन्जिलाको टोली समान खेलबाट ९ अंसहित नवौँ स्थानमा छ । लिगमा १२ टोली समावेश छन् ।
नेपालबाट युरोपियन फुटबल खेल्ने एन्जिला दोस्रो खेलाडी हुन ्। यसअघि महिला टोलीकै फर्वाड सावित्रा भण्डारीले इजरायल र फ्रान्सबाट खेलेकी छन् । अहिले पनि सावित्रा फ्रान्सको लिग खेलिरहेकी छन् ।

एन्जिलालाई ग्रिसको क्लबले भदौमै अनुबन्ध गर पनि आधा सिजन सकिएपछि मात्रै क्लबसँग जोडिएकी हुन् । उनलाई अट्रोमिटौले यही सिजनको लागि मात्रै अनुबन्ध सम्झौता गरेको छ ।

एन्जिलाले यसअघि नेपालबाहिर भारत र पाकिस्तानका लिग खेलेकी छन्। भारतको सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन्। यी दुवै टोलीमा एन्जिला कप्तान पनि थिइन् ।

प्रतिक्रिया