बेलायत र भारतमा सफलता पाएका ग्रेसन अब ललितपुर एफसीमा

काठमाडौँ । फ्रेन्चाइज फुटबल टिम ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाइटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा आवद्ध गरेको हो । साइमन युएएफएका प्रो लाइसेन्स प्रशिक्षक हुन् ।

लिड्सलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका साइमनले नयाँ सिजन ललितपुर सिटीलाई सम्हाल्ने पक्का भएको क्लबले जनाएको हो । साइमनले लिड्स सहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रूपमा च्याम्पियनसिपमा उकालेका थिए । उनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए । उनले नेतृत्वमा बैग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

सन् १९९६ को इंग्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।
इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ । साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ । एनएसएलको तेस्रो सिजन १६ चैतमा सुरु हुने तालिका छ । अन्य टोलीले प्रशिक्षक चयन गर्न बाँकी छ ।

अहिले ललितपुर एफसीको तर्फबाट प्रतिनिधीत्व गरि रहेका उनले सन् २००७ मा ब्ल्उयाकपुललाई १७ वर्षको अन्तरालमा एफएकपको चौथो चरणमा प्रवशे गराएका थिए । चौथो चरणमा नविृच सिटीसँग ब्ल्याकपुल पराजित भएको थियो । उनकै प्रशिक्षणमा ब्ल्याकपुल एक तह बढुवा हुँदा च्याम्पियनसीप टोली बनेको थियो ।

सन् २००७ मा उनको प्रशक्षिणमा क्लब ३५ वर्षको अन्तरालमा पहिलो पटक लिगकपको फाइनलमा प्रवेश गरेको थियो । सन् २००८ मा उनी लिड्स युनाइटेडमा आवद्ध भए । लिड्सले उनको प्रशिक्षणमा पहिलो खेल लिसेस्टरसीटीसँग खेलेको थियो । उनको प्रशिक्षणमा लिड्स लिग कपको तेस्रो चरणमा प्रवेश गरे पनि लिभरपुलसँग पराजित भएको थियो । तेस्रो चरणमा लिड्स लिभपुलसँग १-० ले पराजित भएको थियो । सो वर्ष लिड्सले म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो । सन् १९८१ पछि लिड्सले ओल्ड ट्रायफोर्डमा पाएको त्यो नै पहिलो जित थियो ।

उनी हडर्स फिल्ड हुँदै प्रेस्टन नर्थइन्ड, सन्डरल्यान्ड र ब्राडफोर्ड हुँदै सन् २०१९ मा फेरि ब्ल्याकपुल पुगेका थिए । फ्लेड टाउनमा केही वर्ष विताए पछि उनी सन् २०२२ मा बंगलरु एफसीमा आवद्ध भएका हुन् ।

प्रतिक्रिया