नेपाल पुलिस दोस्रो क्वालिफायरमा

काठमाडौं । अमृता जैशीको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न इलिमिनेटरमा सर्लाहीको बागमती युथ क्लबलाई पुलिसले १–० ले पराजित गरेको हो ।

योसँगै पुलिसले फाइनल प्रवेश गर्न पहिलो क्वालिफायरबाट बाहिरिने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा एपिएफ र त्रिभुवन आर्मी क्लब शनिबार यही मैदानमा भिड्ने छन् । बागमतीले निर्धारित ९० मिनेटसम्म पुलिसलाई गोलरहित बराबरी रोकेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा अमृताले गोल गर्दै पुलिसको जित पक्का गरिन् ।

गीतले भनेजस्तै गायिका सीता केसी आफ्नै जन्मभूमिमा अमेरिका, जापान र बेलायतको खुसी खोजिरहेकी छन् । उनले गीतमा भने जस्तै विदेशबाट फर्किएर यहीको माटोमा सुन फलाउने सपना बोकेर सांगीतिक क्षेत्रमा जीवन समपर्ण गरिरहेकी छन् ।

प्रतिक्रिया