फाइनलमा सुदूरपश्चिम र एपिएफ

काठमाडौं । बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले शुक्रबार प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । योसँगै उपाधिका लागि साबिक विजेता एपिएफ र सुदूरपश्चिम भिड्ने भएका छन् ।

फाइनल खेल शनिबार हुनेछ । शुक्रबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो । सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले दुई बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।

योसँगै एपिएफबाहेक ३ टोलीले समान २ अंक जोडेका थिए । नेट रनरेटमा अगाडी रहँदै सुदूरपश्चिमले एपिएफसँगको भेट पक्का ग¥यो । सुदूरपश्चिमको –० शदमलव ७४१ नेट रनरेट रह्यो । आर्मीको –१ दशमलव ३२७ र बागमतीको –१ दशमलव ४६३ नेट रनरेट रह्यो ।

प्रतिक्रिया