काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा आफ्नो तेस्रो खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ । आज अस्ट्रेलियासँग टस हारेर नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
सोमबार स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका पाएकी छन् ।
नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ ।
अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ । महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।
नेपालको प्लेइङमा कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
प्रतिक्रिया