काठमाडौँ । एन्फा यु–१६ युथ लिगअन्तर्गत भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध एकतर्फी जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपिएफले १३–० को जित हात पारेकोे हो ।
एपिएफको जितमा सन्दीप पुलामी एक्लैले पाँच गोल गरे । अश्विन वाइबाले ३ र प्रेमबहादुर घलेले थप २ गोल गरे । यस्तै, रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले एक÷एक गोल गरे । जितसँगै एपिएफले सात खेलमा १७ अंक पु¥याएको छ । आर्मी अंकविहीन छ ।
अर्को खेलमा थ्री स्टार क्लबले पनि गोलको वर्षा गरेको छ । थ्रिस्टारले एफसी खुमलटारलाई बुधरबार भएको खेलमा ५–१ ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा थ्री स्टारले ५–१ को जित निकालेको हो । योसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ । छैटौँ हार बेहोरेको खुमलटार अंकविहीन छ ।
थ्री स्टारको जितमा राज बम, रोहित दवाडी, रोशन तामाङ, भूपेन्द्रबहादुर राउत र सुमित बल्मपाकीले गोल गरे । खुमलटारका सुवास मगरले दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काए पनि हार टार्न सकेनन् । २८औँ मिनेटमा थ्री स्टारलाई राजले सुरुआती अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा रोहितले अग्रता दोब्बर बनाए । रोशनले ५२औँ मिनेटमा गोल गर्दै अग्रता ३–० मा पु¥याएका हुन् । निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा भूपेन्द्रले अर्को गोल थपे ।
इन्जुरी समयको पहिलो मिनेटमा सुवासले पेनाल्टीमार्फत खुमलटारका लागि गोल गरे । त्यसको ३ मिनेटपछि नै सुमितले अर्को गोल थप्दै थ्री स्टारलाई ५–१ को फराकिलो जित दिलाए ।
प्रतिक्रिया