किन जीवन उपयोगी छ बुद्ध दर्शन ?

पाली भाषाबाट आएको ‘बुद्ध’ शब्दको अर्थ ज्ञान लिनु वा ब्युँझनु हुन्छ । हरेक कुराको कारण हुन्छ, बुद्ध ज्ञानले विज्ञानजस्तै कारण र असरलाई बताइरहेको छ तसर्थ बुद्ध धर्म दर्शनलाई वैज्ञानिक दर्शन मानिन्छ । बुद्धको दर्शनमा दुःखको कारण नै लगाव, माया, प्रेम, आशक्ति हो । यो दुःख आवेगात्मक तथा मानसिक हुन सक्छ । जीवन, मृत्यु, रोग, भोक, जन्म नै दुःखको कारण हो ।

अर्जुनमोहन भट्टराई

संसारमा सुखी मानिस धेरै भेटिन्छन् त्यसमध्ये कमै मानिस खुसी भेटिन्छन् । खुसी सुखी र शान्ति भिन्न छन् तर एकअर्कामा अन्तरसम्वन्ध छ । खुसी हरेक मानिसमा फरकफरक ढंगबाट हुन्छ । स्वामी विवेकानन्दका अनुसार भौतिक सुख चाहाने जो कोहीले पनि भौतिक सुःख पाउँछ तर उसले त्यो भौतिक सुःखभित्र रहेका पीडा पनि लिनुपर्छ ।

भगवान् बुद्धले भन्नुभएको छ, ‘संसारमा दुःख छ दुःखका कारणहरू छन्, दुःखलाई हटाउन सकिन्छ ।’ बुद्ध प्राचीन भए तापनि यथार्थवादी हुनुहुन्थ्यो । खुसी ः प्राप्ति, लक्ष्य र पुरस्कारसँग सम्बन्धित छ तर सुख ः भौतिक, मानसिक, शारीरिक, पारिवारिक आदिमा विभक्त गर्न सकिन्छ । सुख केही समयको लागि हो जुन एकल अनुभूति हो तर खुसी दीर्घकालसम्म जान्छ जुन भौतिक वस्तुबाट लिन सकिन्न । जस्तो कि महँगो बिस्तारामा सुत्दैमा निद्रा आउने होइन । महँगो बिस्तारा भौतिक सुःख हो यसबाट खुसी नमिल्न सक्छ संसारमा सबैथोक भएर पनि दुःखी र केही नभएर पनि सुखी मानिसहरू असंख्य भेटिन्छन् ।

५६३–४८३ बिसीको अवधितिर बुद्ध जन्मेको भन्ने इतिहासमा पढ्न पाइन्छ । एक राजकुमारको रूपमा जन्मेर सिद्धार्थ गौतमबाट भगवान् गौतम बुद्ध बन्न सफल एक व्यक्तित्व आज एक ज्ञान र दर्शन र धर्मको रूपमा विश्वभरमा फैलिएको छ । सुःखको रहस्य धेरै आशा भरोसा चाहना होइन बरु थोरैमा रमाउने क्षमता विकास गर्नु हो । ग्रिक दार्शनिक सोक्रेटसको भनाइ बुद्ध भगवान्को विचारसँग काटीकुटी मिल्छ ।

पाली भाषाबाट आएको ‘बुद्ध’ शव्दको अर्थ ज्ञान लिनु वा ब्युँझनुहुन्छ । हरेक कुराको कारण हुन्छ, बुद्ध ज्ञानले विज्ञानजस्तै कारण र असरलाई बताइरहेको छ तसर्थ बुद्ध धर्म दर्शनलाई वैज्ञानिक दर्शन मानिन्छ । बुद्धको दर्शनमा दुःखको कारण नै लगाव, माया, प्रेम, आशक्ति हो । यो दुःख आवेगात्मक तथा मानसिक हुन सक्छ । जीवन, मृत्यु, रोग, भोक, जन्म नै दुःखको कारण हो ।

‘अप्प दिपो भव’ अर्थात आफैँ ज्योति बन आफैँलाई जान, बुझ, चिन । यसको अर्थ आफू नै सबैथोक हौ आफूलाइ जान र बुझ । अज्ञान बुद्धुपना त्यागेर ज्ञान मार्गमा लाग । आशक्ति सबै दुःखका कारण हुन् । बुद्धका यो सन्देश नबुझेर हामी बुद्ध बन्ने सोच पालेर पनि बुद्धु बनिरहेका छाँै । आशक्तिको सिकार छौँ । पुत्र मोह, पत्नी मोह, धन मोह, पद मोहबाट आफूलाई बिर्सेर अरू कसैका लागि आफ्नो अमूल्य जीवन सुम्पेर बुद्धु बन्दै रोगको सिकार हुँदै छौँ, जसबाट अकाल मृत्यु, आत्महत्या, एन्जाइटी, डिप्रेसन, मनोरोगी भइरहेका छौँ । बुद्धको ज्ञान ध्यानमा तल्लीन भएकाहरू पनि सुखी छैनन् । साढे २ वर्षको गुम्बा बसार्इंमा मेरा केही अनुभूति छन् । सबै कुराको कारण भौतिकवादी सोच र सुविधाको आशक्ति नै हो । हुन त मेरो आँकलन पनि गलत हुन सक्छ ।

अन्य धर्ममा विश्वास गर्ने कुरा बढी छन्, तर बुद्ध दर्शनमा कुनै घटना, कार्य, परिघटना घट्नुको पछाडि कारणहरू छन् भनिएको छ तर हामी आज विनाकारण भाँैतारिइरहेका छौँ । विनाकारण चिन्तित बनेर बुद्धु बनिरहेका छौँ । काम शुद्ध, बोली शुद्ध, विचार शुद्ध, सोच शुद्ध, प्रयास शुद्ध, जीवनशैली शुद्ध, विचारशीलता शुद्ध, ध्यान शुद्ध यी ८ विषयलाई बुद्ध दर्शनले इंगित गरेको छ । बुद्ध दर्शन २ भागमा बाँडिएको छ । एक थेरावाद पुरातन कट्टर जुन भिक्षु बन्ने, घरपरिवार त्याग्ने, ध्यान गर्ने विषय छ । अर्को महायान जसमा अलग मत छ जसमा बोधिसत्वको विषय छ । थेरावाद श्रीलंका, बर्मा, थाइल्यान्ड, कम्बोडिया, लाओस र महायान नेपाल, भारत, जापान, चाइना, तिब्बत, कोरिया, ताइवान, मंगोलिया र भियतनाममा अपनाइन्छ ।

एसिया प्यासिफिक क्षेत्रमा झण्डै ९८ प्रतिशत मानिस बुद्ध धर्म मान्छन् । अन्य महादेशमा कम संख्या छ । बुद्धमार्गीहरू दैनिक बढिरेहका छन् । काम, क्रोध, लोभ, मोह, हिंसा, मिध्यावचन, गफगाफ, चोरीजस्ता विषय बुद्ध दर्शनले वर्जित गरेको छ । यसो हो भने मानिसको पारिवारिक गृहस्थ जीवन कसरी चल्छ ? द्रव्य आर्जन नगरी जीवन चल्दैन जसमा लोभ र मोह वाञ्छनीय छ । जब हामी लोभ र मोहमा लाग्छाँै तब बुद्ध धर्म दर्शनको बर्खिलाप हुन्छ । आफ्नो काम गर्ने, मिहिनेत गर्ने, व्यापार, उद्यम, व्यवसाय गर्ने व्यक्ति बुद्धिष्ट बुद्धमार्गी हुन सक्छ या सक्दैन ? यो प्रश्न गहन छ । ‘कसैलाई हानि नहुने तर आफूलाई फाइदा हुने’ झुट बोल्नका लागि धर्मशास्त्रले छुट दिएको छ ।

लाउजिका अनुसार तपाईंको जीवनमा आउने हरेक उतारचढावलाई सहज लेउ अन्यथा दुःख हुन्छ । सम्राट अशोकको भनाइ समाज समृद्ध बनाउन हामी समाज मजबुत बनाउनुको सट्टा काम सहज बनाउन चाहान्छाँै । विवेकानन्दका अनुसार सत्यको लागि सबै चिज छाड्न सकिन्छ तर कुनै पनि कुराको लागि सत्य छाड्न सकिन्न । स्वामी रामकृष्णको भनाइमा अहंकार हटेमा सबै दुःखहरू हट्छन् । अहंकार दुःखको कारण हो भन्ने जान्दाजान्दै पनि हामी अहंकार पालेर, प्रेसर सुगर मुटुको रोग पालिरहेका छौँ । न हामीले केही ल्यायौँ न केही लैजान्छौँ तर पनि व्यर्थ अहंकार किन ?

सत्य साइ बाबाको अनुसार रिस, अहंकार र इश्र्या यी तीन कुरा महारोग हुन, यसबाट टाढा रहौँ । बुद्ध, कृष्ण सबैको मत सुःख शान्ति मार्गमा छ हामी व्यर्थ कुरामा चिन्ता गरेर तड्पिरहेका छाँै । सबैजसो दार्शनिकको भाषामा दुःखको कारण आशक्ति, लालशा र लोभ नै हो तथापि हामी त्यसलाई छोड्न पीडातर्फ लगिरहेका छौँ । आजको दिनमा धेरै मानवरूपी महात्माहरू आफूलाई भगवान्को उपमा दिइरहेका छन्, यसैमा हामी बुद्धु बनी तिनीहरूलाई पछ्याइरहेका छौँ । यसको अर्थ उनीहरू खराब भन्नेचाहिँ होइन । ‘आदमी फरिस्ते बन सकते हो मगर आदमी नही’ यो हिन्दीको सायरीको अर्थ विशाल छ जसले व्यावहारिक मानव जो सारा जीवन कठिनाइ बोकेर बाँचिरहेको छ । ऊ भगवान् होइन मानिस बन्न चाहन्छ । आजको दिनमा असल मानिसको खाँचो छ । मानव बन्न सक्यौ भने अज्ञानता हराउँछ ।

आफूभित्र पीडा पालेर खुसी खोज्न भाँैतारिने भौतिक मानवप्रति भगवान् बुद्धको ज्ञान सन्देश दर्शन महत्वपूर्ण छ । बुद्धदर्शन जीवनदर्शन नै हो, यसकारण बुद्धमार्ग पहिल्याएर जीवन सार्थक बनाउँ । शान्तिका लागि दुःखबाट बच्नका लागि इच्छा चाहना आकांक्षा सबैबाट टाढा रहनुपर्छ । आखिर यी सबै कुराबाट हामी मानव कसरी मुक्त हुन सक्छाँै ? यसका लागि त भिक्षु नै बन्नुपर्ने हुन्छ ।

दुःखको कारण हामी आफैँ हौँ । हामी भाविनी कर्मरेखा भन्छौँ भाग्यलाई सराप्छौँ तर भाग्य आफैँ बनाउने हो । भनिन्छ समर्थवान मानिसले भाग्यलाई पनि तलमाथि गर्न सक्छ । दुःखको सिर्जना आफैँ गर्छौं, जुन बोलीबाट कामबाट व्यवहारबाट कारोबारबाट लेखाइ, गराइ, भनाइ, सुनाइ आदिबाट हुन्छ । यी यावत कुरामा नियन्त्रण दुःख कम गर्न सकिन्छ । दार्शनिकहरू इच्छा मार्नुलाई दुःख कम गर्ने माध्यम ठान्छन्, कोही इच्छा नभएको मानिस बेकार हो पनि भन्छन् । तर इच्छा नहँुदो हो त आज विज्ञानको चमत्कार हुने थिएन, इच्छा आकांक्षा र भावना भएर नै सबै विकास संभव भएको छ ।

क्षमादान नै आनन्दमार्ग हो, क्षमा जो कोहीबाट आशा गर्न सकिन्न । दया पनि हरेक मानिसमा हँुदैन, यो आफँैमा महँगो छ । दया, क्षमा, माया, करुणा, दान, सन्तोष, धैर्यता, सहनशीलता शान्तिको मार्ग हो, जहाँ दुःख कम हुन्छ । ‘आफू भलो त जगत भलो’ भन्ने सोच एकातिर छ, अर्कोतर्फ ‘परोपकाराय पुण्याय पापाय परपीडनम्’ भन्छ । अरूलाई पीडा नदिने अरूको हित गर्नुले शान्ति मिल्छ । आफ्नो भलो गर्ने कुरा ठिक रहे पनि आफूलाई भलो गरिरहँदा अरूको कुभलो भने गर्न हुँदैन ।

नेपाली समाजमा एउटाको जरो नउखेली अर्कोको दबाइ हँुदैन भन्ने पनि भनाइ छ । आफ्नो कल्याण गर्न अरूको अकल्याण गर्नुपर्छ भन्ने होइन । बुद्ध सन्देशको रूपमा हामीले ग्रहण मनन गर्नुपर्ने कुरा धैर्य, संयम सादा जीवन नै हो । हामी समाजमा बरु बदनाम हुनु गुमनाम नहुनु भन्दछौ जसबाट समस्या आएको छ । दुःख हटाउने कुराभन्दा दुःख कम गर्ने कुरा सान्दर्भीक छ । दुःख कम गर्न ः कम बोल्ने, कुरा नकाट्ने, टीकाटीप्पणी नगर्ने, अरूलाई हानि हुने गरी झुटो नबोल्ने, सरल जीवन, सादा जीवन, मितव्ययिता, सरलता सहनशीलता नै अचुक मन्त्र हो ।

दुःख मार्ग ः घर परिवार, सन्तान, धन, सम्पत्ति, इज्जत रवाफ, धाक, अभिमान नै हो । यी सबै कुरा नहुने हो भने मानिसको आर्थिक जीवन नै हुँदैन । सतको धन र इमानको व्यवहारले दुःख मार्गबाट मुक्ति हुन्छ । सधैँभर जीवनमा लागू गर्नुपर्ने बुद्ध दर्शन मानव जीवन सफल हुनका लागि अपरिहार्य छ, जसबाट गन्तव्यमा पुगिन्छ तर समय भने लाग्छ । बुद्ध दर्शन जीवन उपयोगी छ हाम्रो दैनिक जीवनमा अपनाऊ ।

प्रतिक्रिया