त्यो हिप्पी युग र एक हिप्पी महिलाको यौन अनुभव

क्यानेडियन महिला सिन्डीको दाबीअनुसार यात्राका क्रममा उनले सयौँ पुरुषहरूका सामुन्ने आफूलाई नङ्ग्याइसकेकी थिइन् । सिन्डीले एसिया महादेशका विभिन्न देशका १०० भन्दा बढी लोग्नेमान्छेसँग सुतेको कुरा आफैँले बताइएकी थिइन् । सिन्डीले एसियाका विभिन्न देशको यात्रा गर्ने क्रममा एसियाली पुरुषहरूसँग भएको यौन सम्बन्ध राख्ने क्रममा गरेको अनुभवबारे जे बताएकी थिइन्, तल उल्लेख गरिएको छ ।

निनाम लोवात्ती

एक जमाना थियो, जतिखेर भर्खरभर्खर पश्चिमा र अमेरिकी पर्यटकहरू नेपाल आउन थालेका थिए । जुन जमाना (समय) सन् १९६०–६५ तिरको हो । त्यसबेला वार्षिक केबल ५ देखि ९ हजार विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आइरहेका थिए ।

१९६९–७० ताका विश्वकै धनी, आधुनिक हातहतियारले लैस देश अमेरिकाले अति गरिब र परम्परागत हतिहार मात्रै भएको देश भियतनाममा युद्ध छेड्यो, तब भियतनामी जनताहरूले बहादुरीका साथ गुरिल्ला टाइपको युद्ध लडे । अपेक्षाअनुसार अमेरिकाले युद्ध जितेन, युद्ध नजितेको मात्रै होइन कि, युद्धबाट ठूलो जनधनको क्षति बेहोर्नुपर्यो, अमेरिकाले । हुँदाहुँदा अमेरिकी नागरिकहरू खासगरी युवाहरू अमेरिकी सेनामा भर्ती हुनै नमान्ने अवस्था आउन थाल्यो । अमेरिकी सरकारले युवाहरूलाई जबरजस्ती सेनामा भर्ती गर्नुपर्ने अवस्था आयो । सरकारको यस्तो जोरजबरजस्तीबाट बच्न अमेरिकी युवाहरूमा निराशा र पलायनको सोच आउन थाल्यो । उनीहरू शान्तिको खोजमा हिँडे । फलतः युुद्धबाट बच्न धेरै अमेरिकी युवाहरू ‘हिप्पी’ बनेर, निस्फिक्री भएर विश्व घुम्न हिँडे, निक्ले । त्यो बेला उनीहरूको अन्तिम गन्तव्य चाहिँ नेपाल भयो ।

उनीहरू टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आए । हो, त्यस्ता पर्यटकहरूलाई नै पछि गएर ‘हिप्पी’ भन्न थालियो, ‘हिप्पी’ नाम दिइयो । हुन त यो लेख नेपाली समाजका लागि अलि बढी नै छाडा र उत्ताउलो लाग्न सक्छ । अथवा भनौँ अश्लील नै पनि लाग्न सक्छ । तापनि यहाँ उल्लेख गरिएका घटना क्रम र सूचनाको स्रोतहरू काल्पनिक नभएर वास्तविकतामा आधारित रहेका छन् । भनाइको मतलब, यो लेख÷फिचर वास्तविक घटना र सूचनामा आधारित छ ।

काठमाडाैँ उपत्यका नेपालको केन्द्रीय राजधानी भए तापनि त्यो बेला यहाँको समाज त्यति खुलिसकेको थिएन । माथि नै भनिए जस्तै नेपालजस्तो पिछडिएको देश, त्यसमाथि पनि हिन्दू धर्म, संस्कार, संस्कृति, र पूरातनवादी सोच–विचारले भएको समाज, त्यो अझ बेला नेपालको अन्य गाउँ, ठाउँ र सहर त के काठमाडाैँमा पनि महिलाले खुट्टाको घुँडा र हातको कुहिना देखिने कपडा कमैले मात्रै लगाउँथे । अझ पाइन्ट लगाउने त धेरै टाढाको कुरो थियो । त्यो बेला काठमाडाैँ उपत्यकाका महिलाहरूले बढीमा कुर्ती (कुर्ता सलवार) लगाउने गर्थे । नत्र प्रायः सबै महिलाहरूले गुन्यू, चोलो, पटुकी, स्विटर लगाउँथे र जाडो महिनामा बोर्की ओढ्थे, कताकती उच्च वर्ग र खानदानी कहलिएका परिवारका एक्का–दुक्का महिलाहरूले चाहिँ पाइन्ट, टिसर्ट, सर्ट, फ्रक, कमिजलगायत विदेशी परिहन लगाउने चलन सुरु भई सकेको थियो ।

त्यस्तो जमानामा एक्कासि सेतो–खैरो छाला भएका महिला–पुरुषहरू जिङ्रिङ्ग कपाल पालेर, खाली खुट्टा (हुन त काठमाडाैँ उपत्यकाका ३ वटै सहरका अधिकांश मानिसहरू पनि त्यो बेला खाली खुट्टा नै हिँड्थे) स्तन कम्मर, पिडुँला, नाइटो, गुप्तांग देखिने लुगा लगाए । त्यही पनि नयाँ लुगालाई जानाजान च्यातेर, प्वाल पारेर लगाएको देख्दा स्थानीय र उमेरले पाका बुढाबुढी र भलादमी खालका मानिसहरू चाहिँ त्यस्ता ‘हिप्पी पर्यटक’हरू देखेर ‘यी बाँदरहरू बहुलाए छन् ’ भनी आफूहरू लुक्थे अरे । तर, काठमाडाैँ उपत्यकाका युवा पुस्ताका लागिचाहिँ ती ‘हिप्पी पर्यटक’हरू मनोरञ्जनका साधन र राम–रमाइलो गर्ने एक निःशुल्क माध्यम भएका थियो अरे ! धेरैजसो ‘हिप्पी पर्यटक’हरूको लुगा, कपडा भन्नु नै ह्वाङ्लाङ्गे कट्टु, पतलुन (पेन्ट) भेस्ट, टि–सर्ट आदि हुन्थ्यो भने उनीहरूमध्ये अधिकांश खाली खुट्टा हिँड्ने गर्थे । कतिपय ‘हिप्पी पर्यटक’हरू त लुगाको नाममा धरो मात्रै लगाउँथे । हुन पनि उनीहरूलाई संसारले के भन्ला ? भन्ने कुनै डर थिएन ।

त्यसरी अमेरिका र युरोपका युवा–युवतीहरू ‘हिप्पी पर्यटक’ भएर हिँड्नुको मुख्य कारणचाहिँ सन् १९५५ देखि अमेरिकारले भूगोल र जनसंख्याको आधारमा अमेरिकाभन्दा धेरै सानो र आर्थिक रूपमा अति गरिब देश भियतनामसँग युद्घ सुरु गर्नु हो भन्ने भनाइ रहेको छ । हुन पनि अमेरिकी सरकारले छिट्टै सकिने आँकलनका साथ सुरु गरेको सो युद्घ सन् १९७५ मा मात्रै औपचारिक रूपमा टुंगियो । स्मरणीय छ, सो युद्घको समयमा अमेरिकी युवाहरू स्वेच्छाले अमेरिकी सेनामा भर्ती हुनै छाडे । त्यसको असर झन् नराम्रो पर्यो । किनभने ‘हिजोभन्दा आज, आजभन्दा भोलि, भोलिभन्दा पर्सि’ झन् बढी अमेरिकी युवा–युवतीहरूले ‘हिप्पी संस्कृति’ अंगाल्न थाले । मतलब धेरै अमेरिकी युवायुवतीहरू सरकारको युद्घवादी नीतिको विरुद्घमा शान्त विद्रोह गर्दै देश छाडेर अन्यत्र भ्रमण गर्न निस्के ।

उनीहरू शान्तिको खोजी भन्दै ‘गाँजा, भाङ, चरेस’ लगायत अन्य लागुपदार्थको लतमा फसे, फसिए, क्षण भरको मायावी संसारमा रमे, रमाए । भनिन्छ, धेरै ‘हिप्पी युवा–युवती’हरूले ‘गाँजा, भाङ, चरेस’ लगायत अन्य लागुपदार्थको लतमा फसेर आप्mनो अमूल्य मानव जीवनलाई असमायिक रूपमा त्यागे, मतलब मृत्यु–वरण गरे । यो लेखमा लेखक टेक बी. कार्कीले संकलन तथा अनुवाद गरेको किताब ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ नामक किताबको पाना–२६९ देखि २८४ मा उल्लिखित एक प्रसंग उद्घृत गर्दै लेख अन्त्य गर्छु ।

‘काठमाडाैँ : लागुऔषधिको गोरेटो’ लेखअनुसार काठमाडाैँको हजारौँ हिप्पीहरूको भिडमा क्यानडाबाट नेपाल आएकी सिन्डी नामकी एक जना हिप्पी महिला पनि थिइन् । ती महिलाले युरोप र एसिया दुवै महादेशका धेरै देशहरू घुमेकी थिइन् । उनले त्यसरी घुम्नका लागि आप्mनो रगत र पसिनाको कमाई खर्च गर्नु परेन, सायद । न त त्यसका लागि उनका बा र आमाले नै खर्च बेहोरे । क्यानेडियन महिला सिन्डीको दाबीअनुसार यात्राका क्रममा उनले सयौँ पुरुषहरूका सामुन्ने आपूmलाई नंग्याइसकेकी थिइन् । सिन्डीले एसिया महादेशका विभिन्न देशका १०० भन्दा बढी लोग्नेमान्छेसँग सुतेको कुरा आफैँले बताइएकी थिइन् । सिन्डीले एसियाका विभिन्न देशको यात्रा गर्ने क्रममा एसियाली पुरुषहरूसँग भएको यौन सम्बन्ध राख्ने क्रममा गरेको अनुभवबारे जे बताएकी थिइन, तल उल्लेख गरिएको छ ।

टर्कीका बासिन्दा अर्थात तुर्कीहरू बलिया हुन्छन्, तर पे्रमलीलामा कम अनुभवी । सुत्ने ओछ्यानमा हैकमवादी हुन्छन् । तर एउटा प्रेमीका रूपमा तिनीहरू अद्भूत हुन्छन् र केटीहरूका लागि निक्कै पैसा खर्च गर्छन् । अरबीहरू मजाले खर्च गर्छन् र हौसिएर उपहारहरू पनि दिन्छन् । तर अलिक सन्की खालका हुन्छन् । तिनीहरू अप्राकृतिक यौनक्रिया मन पराउँछन् । सिन्डीका अनुसार यो विकृति सारा अरब देशहरूका साथै अफगानिस्तान, इरान, पाकिस्तान र उत्तरी भारतामा पनि व्याप्त छ, (त्यो वेला थियो) ।

इजरायलीहरू पौरुषेय गुणले सम्पन्न, मजाको जिउ, रौँदार अनि सधैँ सिङजस्तै कडा हुन्छन् । तर तिनीहरू सस्तो र अश्लील हुन खोज्छन् । इरानीहरू संवेदनशील, बलियो र सह्रृदयी हुन्छन् । अफगानीहरू थामिनसक्नुका, पौरुषेय, बलिया र अति यौनाभिलाषी हुन्छन् । उनीहरू अडिन जान्दैनन्, तिनीहरूको व्यक्तिगत स्वास्थ्यको सरसफाइमा कमी देखिन्छ । पाकिस्तानीहरू न्यून प्रेमलीला गर्ने र अकाल्पनिक प्रेमी हुन्छन् । आइमाइहरूलाई हेप्ने गर्छन् । उनीहरू केटीहरूमाथि जाई लाग्छन् र खाउँलाजस्तो गर्दछन् । उनीहरू राम्ररी पैसा खर्च गर्दैनन् ।

भारतीयहरू सामान्यतया युवा पुस्ताकाहरू गफाडी हुन्छन्, तर प्रेमी होइनन् । पैसा खर्च गर्न अप्ठ्यारो मान्दैनन् तर धेरै ईष्र्यालु हुन्छन् । बुढा र भद्र पुस्ताका भारतीयहरू आकर्षक, परिष्कृत, लगनशील र यौनबारे सुशिक्षित हुन्छन् । तिनीहरू उपहार दिन्छन्, पैसा खर्च गर्छन्, तर धेरै कपटी हुन्छन् । हिप्पी केटीहरूसँग बाहिर देखिन चाहँदैनन् । नेपालीहरू भारतीयहरूजस्तै हुन्छन् । तर त्यति कपटी हुँदैनन् ।

प्रतिक्रिया