विश्वकै सबैभन्दा बढी बलि दिइने मेलाका रूपमा गढीमाईको व्याख्या गरिन्छ । मेला पक्षधरले बलिकै अवसरलाई आफूलाई चिनाउने गौरवका रूपमा लिन्छन् । उनीहरूले यसलाई ‘बलि उत्सव’ भत्र रुचाउँछन् । बढी संख्यामा बलि चढाइने मेलाको परिचय प्राप्त गरेको गढीमाई मेलाको प्रचार अझ थपियोस् र बलि दिइने संख्या र हेर्नेहरूको सहभागिता बढोस् भत्रे उनीहरूको आकांक्षा छ ।
प्रत्येक ५ वर्षको अन्तरालमा बाराको बरियारपुर गाउँमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला यसपटक १ मंसिरबाट सुरु भएको थियो । हरेक दिन सामान्य मेला लाग्ने सो ठाउँमा १ मंसिरदेखि विशेष मेला सुरु भएको थियो । यस मेलामा विश्वमै सबैभन्दा बढी बलि दिने प्रथा रहेको पाइन्छ । यस मेलामा असंख्य राँगा, बोका र परेवा, सेता मुसा आदिको बलि दिइने गरिन्छ ।
गढीमाई भगवतीको स्थानलाई केन्द्रबिन्दु मानी ९ किलोमिटर चारैतिर गढीमाई मेलाको सिमाना निर्धारण गरिएको छ । यो सीमाभित्रका कुनै पनि ठाउँमा बलि दिन पाइने प्रावधान रहेको हुनाले मेलाको समयमा कति बलि दिइयो त्यसको तथ्यांक संकलन सम्भव हुँदैन । मंसिर शुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढी भगवतीको मन्दिरमा ५ वर्षे मेलाको विशेष पूजाआजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्म स्थानमा नरबलि स्वरूप झाँक्रीले ५ थोपा रगत चढाएपछि पञ्चबलि सुरु हुन्छ । झाँक्रीले ५ थोपा रगत चढाएपछि सो ठाउँमा बत्ती स्वप्रज्वलित हुन्छ । त्यसपछि भगवतीको मन्दिरमा पञ्चबलि स्वरूप क्रमशः बोका, पाठी, जंगलीमुसा, कुखुरा र सँुगुरको बलिपूजा सुरु भएको मानिन्छ ।
बलिपूजा सुरु भएपछि सर्वप्रथम बनारसका डोम राजा हरिचन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाहरूको बलि दिइन्छ । त्यसपछि पञ्चबलि स्वरूप आमभक्तजनबाट आएका पशुपक्षी बलि दिने गरिन्छ । पञ्चबलि स्वरूप दिइने दुर्लभ मानिएको सेतो जंगली मुसा बलिका दिन सो क्षेत्रमा सहजै उपलव्ध हुन्छ । मेलाको समयमा बत्ती स्वप्रज्वलित हुनु, बलिको रगत र मासुमा झिंगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको थप विशेषता हो ।
बरियापुर गाउँमा गढी भगवतीको स्थापना र मेलाको प्रारम्भबारे विभिन्न किंवदन्ती पाइन्छ । करिब ८०० वर्षअघि अहिलेको वरियारपुर गाउँमा भगवान् चौधरीले गढी भगवतीको स्थापना गर्नुभएको जनविश्वास छ । एक रात ईश्वरभक्त भगवान् चौधरीको घरमा चोरी हुँदा गाउँलेहरूले चोरलाई समात्न सफल भएछन् र त्यहाँ जम्मा भिडले चोरलाई कुटेर मारेछन् जसको सम्पूर्ण दोष भगवान् चौधरीमाथि लाग्छ र कर्तव्य ज्यानको मुद्दामा भगवान् चौधरी काठमाडौँ उपत्यकाको जेलमा पर्छन् ।
जेलमा एक रात चौधरीलाई सपनामा भगवती गढीमाई आएर दर्शन दिँदै भनिन्, ‘तिमी मलाई आफ्नो गाउँ लान सक्छौ ?’ जेलमा थुनिएको मानिस हजुरलाई कसरी आफ्नो गाउँ लान सक्छु ? भनेर चौधरीले जवाफ दिएछन् । गढीमाईले भनिन्, पहिला तिमी मलाई आफ्नो गाउँ लैजाने प्रतिज्ञा गर, त्यसपछि म तिमीलाई जेलबाट मुक्त गरिदिन्छु । फलतः भगवतीको सर्त चौधरीले सहर्ष स्वीकार गरे । त्यसपछि भगवतीको चमत्कार स्वरूप जेलका सुरक्षाकर्मीहरू निदाए, जेलका ढोकाहरू आफैँ खुले अनि भगवान् चौधरी जेलमुक्त भए । त्यसपछि चौधरीले ‘म हजुरलाई कसरी लैजाउ ?’ भनी प्रश्न गरे । भगवती गढीले भनिन्, ‘तिमी मेरो पाउको धूलो आफ्नो पगरीमा बाँधी निधारमा राखेर हिँड तिमी आफैँ बाटो पाउनेछौँ । माताको आज्ञा बमोजिम चौधरीले त्यस्तै गरे ।
बाटोमा भगवतीले आफ्नो पूजामा नरबलिको व्यवस्था हुनुपर्ने र प्रत्येक वर्ष मेला लाग्नुपर्ने प्रस्ताव चौधरीसमक्ष राखिन् तर चौधरीले प्रत्येक वर्ष मेलाको प्रस्ताव अस्वीकार गरी ५–५ वर्षमा मेला लगाउने, दैनिक रूपमा पूजाआजा गर्ने, पूजामा पञ्चबलिको रूपमा बोका, राँगा, जंगली मुसा, सँुगुर र कुखुरा दिने कुरामा भगवती र भगवान् चौधरीबीच सहमति भयो । यसरी भगवती र चौधरी पासाहा नदीको किनारा हुँदै बरियारपुर गाउँ नजिक रहेको बरको रुखमुनि आएर बसेको र सोही स्थानमा नै आजको गढीमाईको स्थापना भएको भन्ने विश्वास गरिन्छ ।
त्यसै बेलादेखि सोही स्थानमा ५ वर्षे मेला लाग्ने गरेको जनविश्वास । यसको साथसाथै गढी भगवती र भगवान चौधरीबीचको सहमतिअनुसार हरेक ५ वर्षमा पञ्चबलिसहित मेला सुरु भए पनि सो क्षेत्रमा विनाकारण मानिसहरूको अकाल मृत्यु हुन थाल्यो । त्यसपछि चौधरीले गढी भगवतीसँग माता यस्तो अनिष्ट किन भइरहेको छ भनि सोध्दा माताले पञ्चबलिको साथै नरबलि दिनुपर्छ त्यसपछि सबै कुरा आफँै ठिक हुन्छ भनेर जवाफ दिइन् । देवीको आदेश बमोजिम नरबलिका लागि भगवान चौधरी गाउँगाउँ घुम्न थाले तर नरबलिका लागि कोही पनि तयार नभएपछि निराश भएर फर्के उक्त कुरा देवीलाई सुनाए ।
त्यसपछि देवीले भनिन्, ‘सेमरी गाउँ जाऊ त्यहाँ तिमी नरबलिका लागि मानिस पाउनेछौँ ।’ सेमरी गाउँ अहिलेको रौतहट जिल्लामा पर्छ । भगवतीको आदेश बमोजिम चौधरी सेमरी भन्ने गाउँमा पुगे । त्यहाँ १ जनाले माताको सवारी आफ्नो घरमा भएपछि आफू नरबलिका लागि तयार रहेको सर्त राखे । सर्तबमोजिम देवीको सवारी ती व्यक्तिको घरमा भयो । ती व्यक्ति नरबलिको रूपमा ५ थोपा रगत दिन मन्जुर भए । त्यसै बेलादेखि नरबलिका रूपमा ५ थोपा रगत चढाएपछि बोका, राँगा, जंगली मुसा, सँुगुर र कुखुरालाई पञ्चबलिको रूपमा दिइने चलनको सुरुआत भएको हो । जुन आजसम्म कायमै छ । पहिलो नरबलिको रूपमा ५ थोपा रगत दिने व्यक्तिका सन्तान आज पनि गढीमाईको झाँक्री छन् । आज पनि ती झाँक्रीले आफ्नो ५ थोपा रगत चढाएर मात्र गढीमाई क्षेत्र प्रवेश गर्नुपर्छ । त्यस्तै आज पनि भगवान चौधरीका ११औँ पुस्ता मंगल चौधरी गढीमाईका पुजारी छन् ।
विश्वकै सबैभन्दा बढी बलि दिइने मेलाका रूपमा गढीमाईको व्याख्या गरिन्छ । मेला पक्षधरले बलिकै अवसरलाई आफूलाई चिनाउने गौरवका रूपमा लिन्छन् । उनीहरूले यसलाई ‘बलि उत्सव’ भन्न रुचाउँछन् । बढी संख्यामा बलि चढाइने मेलाको परिचय प्राप्त गरेको गढीमाई मेलाको प्रचार अझ थपियोस् र बलि दिइने संख्या र हेर्नेहरूको सहभागिता बढोस् भत्रे उनीहरूको आकांक्षा छ । धेरै संख्यामा वीभत्स तरिकाले बलि चढाइन्छ भनी यससंँग असहमतिका स्वरहरू पनि सुनिन्छन् । सामाजिक सञ्जालहरूमा मात्र होइन, विश्वका कैयौँ ठाउँबाट पशुबलिविरुद्ध आवाज उठिरहेको छ, जनमत बनाउने काम भइराखेको छ । पहिला–पहिलाको भन्दा असहमतिको स्वर यसपटक बढेको पाइन्छ । तर आस्थाका अगाडि कसैको केही लाग्दैन, गढीमाई तिनै आस्थाका प्रतीक हुन्, अनि आ–आफ्नो मनोकामना पूरा भएकोमा निर्दोष पशुको बलि चढाउनुपर्ने आस्था नै हो । जो यो आस्थामाथि विश्वास राख्छन्, उनीहरू अविचल छन् ।
प्रतिक्रिया