मेरा बाबुले ५० वर्षअघि मकै सर्याउँदा भनेको भूतको कथा र आजको नेकपा एमालेले अपनाउँदै आएको जबज र खिरपाक ताउली उस्तै उस्तै भएको छ । नेकपा एमालेले आफ्नो पाँचौँ महाधिवेशनमा जबज (जनताको बहुदलीय जनवाद)को कार्यक्रम पास गर्यो । त्यसभन्दा अघि नेकपाको कार्यक्रम तथा जनवादी नै थियो । जबजको कुनै सैद्धान्तिक, वैचारिक आधार नै प्रष्ट छैन । विश्वका कुनै पनि देशका कम्युनिस्ट पार्टीले नेपालको जस्तो जबजको विरोधभासी कार्यक्रम लिएका छैनन् ।
मेरो पूर्खाैली थलो उदयपुर जिल्लाको रूपाटारमा भदौ महिनामा बारीमा मकै पाक्दथ्यो । त्यसबेला रूपाटारलगायत कैयाँै पहाडी इलाकामा मानदेवका पालाका जस्ता घर बनाइएका हुन्थे, कुनै प्राविधिक योजना र सल्लाहमा बनिएका हुँदैन थिए । दलानमा मकै बारीबाट ल्याएर थुपरिन्थ्यो । साँझमा परिवारका सदस्यबाहेक अन्य छिमेकीलाई पनि बोलाएर मकै सर्याएर झुत्ता पारिन्थ्यो । मकै सर्याउँन र झुत्ता पार्न एक प्रकार होडबाजी चल्ने गर्दथ्यो ।
त्यसबेला मेरा अभिभावक भनिएका व्यक्तिहरू गाउँखाने कथा र भूतका कथा भन्ने गर्दथे । मेरा बाबुको र मेरो उमेरमा ४० वर्षको फरक थियो । सर्याएका मकैको झुत्ता पार्न मेरो बाबु निकै सिपालु थिए । मकै सर्याउँदै गर्दा, भूतका पूराना कथा भनेर मकै सर्याउनेलाई उत्साहित पार्दथे । आँखामा आउन आटेको निद्रा भगाउने काम गर्दथे ।
रूपाटारबाट यारी खोला बेँसी झर्दा बाटोमा एउटा रातमाटे चौतारो थियो । त्यो चौतारामा २ जोर वर र पीपलका बोट थिए । एउटा सानो भँैसीलाई बसाउने आहाल थियो । एकपल्टमा ५ वटा भैँसी आहाल बसाउन सकिने । चौतारामा एउटा ठूलो चपलेटी ढुंगा थियो र अरू साना बस्न हुने ढुंगा सजाइएका थिए ।
त्यो चप्प्लेटी ढुंगो त्यो चौतारामा पुरानो जमानादेखि थियो । त्यो चप्लेटी ढुंगाको विशेषता के थियो । राति १० बजेदेखि १ बजेसम्म गएर त्यो ढुंगाको थाप्लोमा ताप्के राखेर १ मिटर नजिक बसेर ‘लौ भूत ज्यू तिमीलाई विन्ती छ, सेलरोटी पकाइदेउ भनेर हात जोडेको ७ मिनेटपछि सेलरोटी पाक्दथियो ।’ त्यस्तै खिर पकाइदेउ भूत जी, भनेको ७ मिनेटमा खिर पनि बसाएको भाडो भरी पाक्तथ्यो । फापर, कोदो र चामलको रोटी त्यसरी नै पाक्दथ्यो । जुनसुकै मौसममा पनि हरिया मकै र फुलमकै हाँडी बसाएपछि पाक्दथियो । मेरा बाबुले ५० वर्षअघि मकै सर्याउँदा भनेको भूतको कथा र आजको नेकपा एमालेले अपनाउँदै आएको जबज र खिरपाक ताउली उस्तै उस्तै भएको छ ।
नेकपा एमालेले आफ्नो पाँचाैँ महाधिवेशनमा जबज (जनताको बहुदलीय जनवाद)को कार्यक्रम पास गर्यो । त्यसभन्दा अघि नेकपाको कार्यक्रम तथा जनवादी नै थियो । जबजको कुनै सैद्धान्तिक, वैचारिक आधार नै प्रष्ट छैन । विश्वका कुनै पनि देशका कम्युनिस्ट पार्टीले नेपालको जस्तो जबजको विरोधभासी कार्यक्रम लिएका छैनन् ।
सैद्धान्तिक रूपमा उभिएर माक्र्सवादी दर्शनको व्याख्या विश्लेषण गर्ने हो भने बहदुलीय प्रतिस्पर्धा स्वीकार्न सकिएला, तर बहुदलीय जनवादलाई लाटाको लगौटी मान्न सकिन्छ । माक्र्सवादका दृष्टिले पुँजीवादी जनवाद जसको नेतृत्व पुँजीपतिले संसदीय व्यवस्था, प्रणालीअनुसार गर्दै आएका छन् । आवधिक चुनाव, वालिग मत, पार्टी प्रतिस्पर्धा आदि यसका जग मानिन्छन् ।
दोस्रो नयाँ जनवादी कार्यक्रम, चीनको कम्युनिस्ट पार्टीले क्रान्तिकालमा जापानी आक्रमणको विरुद्ध राष्ट्रियताको संरक्षणको लागि होस्, या त्यहाँका प्रतिक्रियावादी सत्ताको विरुद्ध गृह युद्ध सञ्चालन गर्दा होस्, किसान, मजदुर, मध्यम वर्गीय जनता बुद्धिजीवीलाई क्रान्तिमा सहभागी बनाउँछ । पार्टीको झण्डामुनि उनीहरूलाई गोल बन्द गर्यो । यो एक वर्गीय आन्दोलन थियो । नाङछाङ विद्रोहबाट सेना निर्माणको प्रारम्भ गरिएको थियो ।
इ.सं. १९४० मा पार्टीका नेता माओत्सेतुङले जनवादी क्रान्तिको अवधारणा नीति प्रस्तावित गर्नुभयो । ९ वर्षपछि चीनमा जनवादी क्रान्ति पूरा भयो । चीनमा जनवादी क्रान्ति पूरा भएपछि कम्युनिस्ट पार्टीको सरकार बन्यो । जनवादी क्रान्ति पूरा गरेको ८ वर्षपछि पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरियो । त्यै महाधिवेसनले माओत्सेतुङ विचारधारा स्वीकार गर्यो । विश्वका धेरै अपेक्षाकृत पछिपरेका अर्धऔपनिवेशिक र अर्ध सामन्ती मुलुकले माओविचाराको अनुशरण गर्दैरहे ।
कुनै देशका कम्युनिस्ट पार्टीले आमचुनावमा सहभागिता जनाए भने कुनै देशका कम्युनिस्ट पार्टीले हतियार उठाए । माओत्सेतुङको शिक्षा र माक्र्सवादको चिनियाँ प्रयोगको अनुशरण गर्दै रहे । नेपालमा राजाले लादेको ३० वर्षे निरंकुश पञ्चायतको विरुद्ध कम्युनिस्टहरू संघर्षरत भए पनि ।
२०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजित भएका कम्युनिस्टहरूले निरंकुशता विरोधी संघर्षको अगुवाई गर्न सकेनन् । नेपाली कांग्रेससँग मिलेर नै देशमा २०४६ सालको जनआन्दोलन सफल भयो । प्रजातन्त्रको पुनस्थापना भयो । २०४८ सालको आमचुनावमा नेकपा एमाले प्रमुख प्रतिपक्षीको रूपमा राष्ट्रिय राजनीतिमा देखियो । २०४८ सालको आमचुनावमा नेकपा एमाले सहभागी हुनु, २०१५ सालकै नेकपाको चुनावी निरन्तरता थियो ।
नेकपा एमालेको पाँचौँ महाधिवेशनमा जबजको कार्यक्रम पास भयो । जबजको प्रभावकारिता र प्रचार पार्टीको तल्लो तह र जनताको पंक्तिसम्म पुग्नै नपाई बहुमत प्राप्त पार्टी नेपाली कांग्रेसको विग्रहका कारण संसद् विघटन भयो । कांग्रेसभित्र ३६से र ७४रे को शक्ति संघर्षका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरे । त्यसपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनले नेकपा एमालेलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन्न मद्दत पुग्यो ।
मध्यावधि चुनावपछि ९ महिने अल्पमतको सरकार नेकपा एमालेको बन्यो । यो अल्पमतको सरकारले देश र जनताका लागि ३ महत्वपूर्ण काम गर्यो । पछिल्लो पुस्ताले निरन्तरता दिन नसके पनि सन् १९५० को नेपाल र भारतको सन्धी नवीकरण गरिनुपर्दछ भनेर भारत भ्रमणको क्रममा दिल्लीको इलाहवाद भवनमा भारत सञ्चालन गर्ने प्रबुद्ध व्यक्तिसामु भन्न सक्नु नेपालको गौरव थियो । दोस्रो सामाजिक सुरक्षा भत्ता दिएर ज्येष्ठ नागरिक देशका गहना हुन् भनेर सम्मान गर्नु । तेस्रोमा ९‘स’ को कार्यक्रम ल्याएर गाउँको मुहार उज्यालो पार्ने कामको थालनी गर्नु ।
यी माथि उल्लेख गरेका महत्वपूर्ण कामकै कारण नेपाली जनताको नेकपा एमालेप्रति आकर्षण बढ्दै गयो । जबजको कारण होइन । नेकपा एमालेको पाँचाैँ महाधिवेशनले नेपाली समाजको चरित्र अर्धऔपनिवेसिक र अर्धसामन्ती नै स्वीकार गर्यो । पछि विकसित हुँदै गएको दलाल पुँजीवाद र पँुजीवादबारे गम्भीर अध्ययन गरिएको थिएन ।
अल्पमतको सरकारले अपनाएको लोककल्याणकारी र जनउपयोगी कार्यक्रमले नेपाली जनतालाई गम्भीर प्रभाव पर्यो । यदि नेकपा एमालेको बहुमतको सरकार बन्यो भने त जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा जनताको पहँच हुनेछ भन्नेतिर आकर्षित भए । ‘जबज’ को नाममा नेकपा एमाले तत्कालीन प्रधानमन्त्रीको मोहीयानी खाएर वैचारिक काम परित्याग गरी चुनावदेखि चुनावसम्म सीमित रहँदै गयो ।
नेकपा माओवादीको जनयुद्धको कारण, एमाले आतंकित भयो । माओवादीले उठाएका संविधानसभा र धर्म निष्पक्षतालाई धेरै लामो समयपछि मात्र स्वीकार गर्यो । जबजमा अग्रगामी फड्को मार्ने तर्क नै थिएन । २०६२/०६३ सालको जनआन्दोलनमा साक्षीका किनाराका सदर जस्तै भूमिकामा रह्यो नेकपा एमाले । समाज विकासको काम गर्दै जाँदा गल्ती २ प्रकारका देखिन्छ । एउटा आधारभूत गल्ती हुन्छ । अर्काे आकस्मिक गल्ती । आकस्मिक गल्ती यदा शीघ्र सच्याउन सकिन्छ, तर आधारभूत गल्ती सचिन कठिन हुन्छ ।
नेकपा एमालेले जबजको भकुण्डोलाई सैद्धान्तिक बर्काे ओडाउन खोजेको छ, त्यही नै गलत प्रयास भएको छ । नेपाली समाज पुँजीवादमा परिणत हुँदै आएको धेरै प्रमाणहरू छन् । एक त २००७ सालअघि पनि विराटनगर जुटमिललगायत केही उद्योगको स्थापनाले यो चरणको सुरुआत भएको मानिन्छ । पञ्चायत कालमा पनि केही उद्योग स्थापित भएका थिए ।
पञ्चायतकालमा सर्वसाधारण जनतालाई पासपोर्ट दिइँदैनथ्यो । तै पनि केही मान्छे श्रमिकको रूपमा विदेशिएका थिए । त्यसको मात्रा थोरै थियो । लुकीछिपी मात्र । भारतबाहेक अरू देशमा रोजगारीका लागि जाने कानुनी प्रावधान थिएन । प्रजातन्त्र प्राप्ति पछिका दिनहरूमा नेपालमा पुँजीवादी चरणका तथ्यहरू प्रसस्त देखिँदै गए । गाउँघरमा बसोबास गर्ने भूमिहीन किसानलगायत दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरू फुक्का भए । उत्पादन प्रणाली र श्रम सम्बन्धमा परिवर्तन हुँदै गयो । पुरानो सामन्तवादी उत्पादन प्रणाली मित्रले एउटा हलो सित्तै दिने, मितलाई एक पाथी धान सित्तै दिने चलनको अन्त्य भयो ।
काटेको घाउमा दबाई हुन्छ भने पनि ज्यालाविना कसैले पिसाब नफेरीदिने संस्कृतिको विकास भयो । विश्व श्रम बजारमा नेपाली युवाहरूले प्रवेश गरे, कानुन संगत तरिकाले उनीहरूले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा विशेष प्रभाव पार्यो । गाउँघरमा बैंक खुल्दै गए । गैरसरकारी संस्थाले ग्रामीण जनतामा कम्युनिस्ट पार्टीका नीति र सिद्धान्तभन्दा फरक तरिकाले जागरण अभियान चलाए । फलस्वरूप नेपाल दलाल चरित्रको पुँजीवादी समाजमा परिणत हुँदै गयो ।
अल्पमतको सरकारले देखाएको लोककल्याण र जनउपयोगी कार्यबाटै आमजनता नेकपा एमालेप्रति आकर्षित भए । पुँजीवादीहरूमा सोचाइ बन्यो कि कम्युनिस्टपार्टीको बहुमतको सरकार बन्यो भने त आकाश झर्छ, जनताका बास, गाँस, कपास, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात समेतमा जनताको पहुँच पुग्नेछ ।
तर भयो उल्टो बहुमत प्राप्त कम्युनिस्ट पार्टीका नेता केपी ओलीले भूपरिवेष्ठित देशमा पानीजहाजका कुरा उठाए, आफ्ना आउरेबाहुरेलाई राज्यकोषबाट रकम खुवाउन उत्पादनसँग नजोडिएका टावर बने । प्रदेश सदस्य बस्ने निवास भनेर भैँसीपाटीमा राज्यकोषको रकमबाट चिहानको रूपमा (आलिसान भवन) बनाइयो । उत्पादनसँग जोडिएन पनि ।
जबजबाट निर्देशित नेताहरू यसलाई खिरपाक ताउली बनाउन कटिबद्ध भए । गिरीबन्धु टीस्टेट, गोदावरी रिर्सोट, ललिता निवास, सुरक्षा प्रेस, जलाहारी, पशुपतिको गजुर यी आदि घटना क्रममा चौताराको चपलेटी ढुंगामा नै पनि एक प्रकारको भाँडो राखेर पुरानो भूत आजको घाम पार्टीको जबज सम्झेर प्रार्थना गरेपछि पूरा हुन्छ, भएको छ । नेकपा एमालेको जबज खिरपाक ताउलीभन्दा बाहिर केही होइन । मीनबहादुर गुरुङ प्रकारण यही हो । जमिन र भवन बनाइदिने सर्त पनि खिर पाक ताउली नै हो ।
धेरै उद्योगले बिजुलीबत्तीको पैसा तिरेका छैनन् । कुलमान घिसिङले रकमको ताकेता गर्दा या लाइन काट्दा प्रधानमन्त्री र विभागीय मन्त्रीहरू आक्रोशित हुन्छन् । सुनिन्छ, प्रधानमन्त्री र विभागीय मन्त्रीलाई बिजुलीको लाइन काटिएका उद्योगपतिहरू राति सुटकेसमा कोसेली लिएर निवासमा जान्छन् । यो पनि खिर पाक ताउली नै हो भन्न हिचकिचाउनु पर्दैन ।
प्रतिक्रिया