वातावरण जोगाउने हो भने नदी जोगाऔँ । रुख रोपौँ । सार्वजनिक बस चढौँ मानवबस्तिबाट कारखाना हटाऔँ । सडक अतिक्रमण नगरौँ । सडक पेटी जोगाऔँ । बटुुवालाई बचाऔँ । प्रदूषणबाट जोगिन आजैबाट सबैले प्रण गरौँ । फोहोर विसर्जनमा ध्यान दिऔँ, यत्रतत्र सार्वजनिक शौचालय बनाऔँ । सवारीको प्रदूषणको मापदण्ड सही किसिमबाट जाँचौँ । लोभमा लागेर वातावरण ध्वस्त नपारौँ ।
चाहे उत्तरको कोइलाभट्टी होस् या दक्षिणको कोइला इन्धन या त्यो युक्रेन–रसिया या प्यालेस्टाइन–इजरायलको क्षेप्यास्त्र पीडित हुने हामी नै हो । भदौ १३ गतेको बिहान अधिकांश छापाको समाचारमा नेपालको काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहर भन्ने सुनेकोले दिनभर नमिठो लाग्यो । यसमा म पनि भागिदार छु, जो खुल्ला ठाउँमा आगो बाल्छु । यदाकदा पार्टी भोजमा खाना फाल्छु । प्लास्टिकको प्रयोग गर्छुु । घरमा फ्रिज र कार्यालयमा एअर कन्डिसन चलाउँछु । २ पांग्रेमा सवार गर्छुु । सानो छोटो दुरीमा खुुट्टालाई आराम दिन मोटर चढ्छुु । जताततै फोहोर गर्न लाज मान्दिनँ, पानी खेर फाल्छुु । सडकमा फोहोर फ्याक्छुु । अनावश्यक पेपर खेर फाल्छुु । यो सबै कुराले म पनि देशमा प्रदूषण फैलाउने कारक तत्व नै हुुँ ।
देशभरी जम्मा १० वटा औद्योगिक क्षेत्र छन्, तर ती औद्योगिक क्षेत्र मुख्य सहरको बीचमा नै छन् । यसबाट पनि के ज्ञात हुुन्छ भने हामी स्वास्थ्यमा कम सचेत छौँ । हुन त ती औद्योगिक क्षेत्रले पनि उत्पादन गरेर भन्दा गोदाम भण्डारण वा अन्य काम गरेर स्थान ओगटेका छन्, तर ती उद्योगले प्रदूषणमा केही हिस्सा लिएकै छन् । भलै रोजगारी तथा कर कति तिरे ? निकायलाई थाहा होला ।
आन्तरिक उद्योगले होस् वा छिमेकी देशको उद्योगले होस् प्रदूषण त बढ्दो छ, तर हामीले हाम्रो मापदण्ड बनाउनुुपर्छ किनकी हामीसँग न रोकथाम विधि छ, न त उपचार नै । चाहे राजस्व बढाउने लागेको ट्राफिक प्रहरी होस्, वा बिटुमिन जोगाउन माटोमा नै अलकत्रा लगाउने ठेकेदार, या मापदण्ड अधिक भारवहन गर्ने मालवाहक सवारी जो बाटो धसाउन र भत्काउन उद्यत् छन् । तिनीहरूलाई अंकमाल गरी स्वीकार गर्ने म जस्तै तीन करोड नेपाली नै छौँ । अनि हाम्रो योगदान भएन त देश प्रदूषित गराउन ?
झट्ट हेर्दा सुुन्दा कुतर्क लाग्छ होला यद्यपि देश प्रदूषण पार्ने हामी नै हौँ । प्लास्टिकको मालादेखि कप–ग्लाससम्म खेलौनादेखि गरगहनासम्म हामी प्रयोग गरिरहेका छौँ । जो प्लास्टिकबाट बन्दछ, हामीलाई थाहा छ, तर चिन्तन र विवेक शून्य छ ।
कसरी भइरहेको छ त वातावरणमाथिको दोहन
सिसायुक्त पेट्रोलको प्रयोगदेखि कम माइक्रोनको कालो प्लास्टिकसम्म प्रयोग गर्छौं । धुलो, धुँवायुक्त सडकमा आवागमन गर्छौं । कमिसन तथा पैसाका खातिर हत्तारिएर रुख ढाल्छौँ, रुख रोप्दैनाँै । रोपेका रुखलाई पनि हेरचाह छैन । चारपांग्रे यात्रुुवाहक सार्वजनिक बस छाडेर, निजी सवारी नभए राइड सेयर गर्छौं । यसकाराण हाम्रो योगदान छ । पढाइ, डिग्री, धन, पद, मान, र प्रतिष्ठा छ तर गिदी छैन यसैले हामी प्रदूषणका संवाहक नै हौँ ।
खुला ठाउँ सके मिच्छौ, नभए दर्ता गर्छौं । कि त लिजमा दिन्छौँ, ठेक्का लगाउँछाैँ, गोजी भर्छौं, अनि गुुम्सिएर बस्छौँ । स्वच्छ हावाबाट वञ्चित हुन्छौँ । मन्दिर, मठ, बहाल, गुठी, सत्तल, खुल्ला चरन, पोखरी, पाटी पौवा, पर्ती जमिन, खुल्ला स्थान देख्यो कि भाडा खाने, कमिसन लिने कमाउने, कुम्ल्याउने सोच आउँछ । अनि आफनो स्वच्छ हावा अक्सिजनको मुहान बन्द गर्छौं । कोठाभित्र सिएफसिमा आश्रित हुन्छाँै । यसैले हामी अपराधी र प्रदूषण गर्ने मतियार नै हौँ ।
खाना फाल्छौँ, बत्ती अनावश्यक बाल्छौँ, पानी खेर फाल्छौँ, खोला नदीमा ढल हाल्छौँ, अनि नदी सफाइ भनेर हप्ताहप्ता कुर्लन्छौँ । फोहोर नदीमा फाल्छौँ, अनि सफाइको नाटक गर्छौं । अरूको विरोध गर्छौं, तर आफू मनपरी गर्छौं । मिल्ने भए सायद टुँडिखेल पनि आफ्नो कम्पाउन्डमा पाथ्र्यौं होला । यसैले प्रदूषणकर्ता अरू कोही नभएर हामी नै हौँ । मानव बस्तीमा कारखाना राख्छौँ । विरोध गरे जागिर दिएको ध्वाँस दिन्छौँ । आफू कालो सिसामा सवार हुन्छौँ । धुवाँ धुलोको मुस्लो बटुवालाई खुवाउँछौ । अनि हामी कति नैतिकबान र जिम्मेवार छौँ ?
हामी सडकमा पसल गर्छौं । पसल अगाडि आवागमनमा बाधा पुुग्ने बटुवालाई सकस हुुने गरी पार्किङ गर्छौं । विरोध गरीहाले भने बटुवालाई पनि कुट्न अघि सर्छौं । मानाँै कि, हामी कानुनमाथि छौँ । विरुवा छैन, फुटपाथ छैन, सार्वजनिक सवारी समयमा आउँदैन । स्वच्छ हावा खाने एक बित्ता जमिन छैन । यसैले पेन मेनेजमेन्ट भन्दै भेन्टिलेटरबाट अन्तिम स्वास लिन्छौँ । यसैले हामी दम, छाती, उच्च रक्तचापको बिमारी छाँै । ‘मुुटुुमाथि ढुुंगा राखी भन्नु पर्या छ’ भनेजस्तै ‘सडक छ, पेटी छैन, नदी छ जल छैन, सरकार छ सेवा छैन, शिक्षा छ ज्ञान विवेक छैन ।’
नदी फोहोर गर्छौं । सडक फोहोर पार्छौं । पानीको मुहान भत्काउँछौँ । खुल्ला चौर मास्छौँ । मावनबस्तीमा कारखाना राख्छौँ । गगनचुम्बी भवन बनाउँछौँ । अधिक पुराना थोत्रा सवारी चलाउँछौँ । अनावश्यक लत्ताकपडा किन्छौँ, थुर्पाछौँ । अनि सहर फोहोर पार्छौं । अधिक पकाउँछौँ, खानेकुरा खेर फल्छौँ । ढलमा अनावश्यक फोहोर हालेर जाम गर्छौं । सडकलाई घरको बैठक कोठा मानेर मनपरि गर्छौं, जाम गराउँछौँ । विरोध गरे ट्राफिक नै कुट्छौँ ।
वातावरण जोगाउन गर्नुपर्ने कसरहरू
सरकारले वातावरणमैत्री कानुनको निर्माण गर्दै, भइरहेका विद्यमान कानुनको पालनामा निर्ममता अपनाउनुपर्छ । सार्वजनिक यातायातलाई सुधार गरी निजी सवारी हटाउनुपर्छ । सरकारी कार्यालयले २ पांग्रे ४ पांग्रे हल्का सवारीमा क्रमशः रोक लगाई ठुला बसहरूबाट सरकारी कर्मचारीको आवतजावत गराउनुपर्छ । वातावरण जोगाउन हप्तामा २ दिन बिदा गर्दा बेहत्तर हुन्छ । एक घर एक रुखको नारालाई अगाडि बढाउनुपर्छ ।
घनावस्तीमा रहेका उद्योग सार्ने तथा नयाँ उद्योगलाई मुख्य सहरभित्र अनुमति दिनु हुँदैन । निजी सवारीमा हाल विद्यमान करलाई तेब्बर गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट निजी प्रयोजनका लागि अटोलोन प्रवाह रोक लगाउनुपर्छ । तर, सार्वजनिक यातायात हेतुमा निरन्तरता दिनुपर्छ । सरकारले नगरपालिकाको सहकार्यमा नगरभित्र वातावरणमैत्री विद्युतीय नगर बस सञ्चालन गर्नुपर्छ ।
नदी खोलाहरूमा हाल मिसाइएको ढल प्रतिबन्ध लगाउनुका साथै पानीका मुहान तथा स्रोत संरक्षण गर्नुपर्छ । प्लास्टिकको विकल्प खोजी प्रतिबन्ध लगाउनुपर्छ । सहरका सबै स्थानमा निःशुल्क शौचालय राख्नुपर्छ तथा फोहोर विसर्जनमा कम्पनीहरूले लिने चर्को शुल्क कम गर्नुपर्छ । सस्तो मूल्यमा फोहोर विसर्जन तथा फोहोरलाई आयको स्रोत बनाउनुपर्छ ।
वातावरण जोगाउने हो भने नदी जोगाऔँ । रुख रोपौँ । सार्वजनिक बस चढौँ मानवबस्तिबाट कारखाना हटाऔँ । सडक अतिक्रमण नगरौँ । सडक पेटी जोगाऔँ । बटुुवालाई बचाऔँ । प्रदूषणबाट जोगिन आजैबाट सबैले प्रण गरौँ । फोहोर विसर्जनमा ध्यान दिऔँ, यत्रतत्र सार्वजनिक शौचालय बनाऔँ । सवारीको प्रदूषणको मापदण्ड सही किसिमबाट जाँचौँ । लोभमा लागेर वातावरण ध्वस्त नपारौँ ।
इन्धन किफायत गरौँ । वैकल्पिक ऊर्जातर्फ लागौँ । क्लिन इनर्जीमा राहत दिऔँ । धुवाँमुक्त सहर बनाऔँ । बेलैमा इभीको ब्याट्री विसर्जनको बारेमा पनि मनन गरौँ ।
प्रतिक्रिया