क्रिकेट सपनाहरू अधुरै …

काठमाडौं, ८ चैत । सिनियरस्तरको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना पुनः एकपटक अधुरै रह्यो । सन् २०१५ मा हुने एकदिवसीय विश्वकपका लागि दुई वर्षअघि डिभिजन प्रतियोगितामा असफल भएको नेपाल यसै वर्ष श्रीलङ्कामा सञ्चालन हुने टी–ट्वान्टी विश्वकपमा पनि छनोट हुन सकेन ।
एसोसिएट तथा एफिलिएटेड सदस्य राष्ट्रलाई विश्वस्तरमा ल्याउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ । एकदिवसीय विश्वकपका लागि डिभिजन लिग र टि–ट्वान्टी विश्वकपका लागि छनोट प्रतियोगिता हुने गरेका छन् ।
नेपालले आजभन्दा १२ वर्षअघि नै यु–१९ विश्वकप खेलेको थियो र त्यसयता सो प्रतियोगितामा पा“चपटक सहभागी भइसकेको छ र फेरि अर्कोपटक सहभागी हुने निश्चित गरिसकेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरी बलियो चुनौती पेस गरे पनि नेपालले अहिलेसम्म सिनियरस्तरको विश्वकप खेल्न नसक्नुमा जहिले पनि एउटै कारण बन्ने गरेको छ, खराब ब्याटिङ ।
सन् २०१० मा इटालीमा भएको डिभिजन फोरमा नेपालले यसैकारण ‘मार’ खानुप¥यो र अघिल्लो डिभिजनमा प्रवेश गर्न सफल भएन । यसपटक अबुधाबीमा भइरहेको टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा पनि पुरानै समस्या दोहोरियो । प्रतियोगितामा बलियो प्रत्यासीका रूपमा देखापरे पनि नेपालका लागि ब्याटिङ नै समस्याका रूपमा देखापरेको हो । तर ब्याटिङ समस्या दोहोरिनुमा यसपटक खेलाडीहरू खेल्नै नसक्ने भएर होइन, कमजोर मानसिकता र मनोविज्ञान कारणका रूपमा देखिए ।
समूहको शीर्ष तीन टोली छनोट दौडमा रहने भए पनि नेपालले भने पा“चौ स्थानमा चित्त बुझाउनुप¥यो । केही टोलीविरुद्धको अप्रत्यासित हार र केही बलिया टोलीविरुद्धको कमजोर मनोविज्ञान नै नेपाललाई ‘राम्रो’ प्रदर्शनका बीच अगाडि नबढाउन पर्याप्त बने । कमजोर मानिएको पपुआ न्युगिनीस“ग हार व्यहोर्नु, नेदरल्यान्ड्स, क्यानाडा र अफगानिस्तानविरुद्ध कमजोर मानसिकता र मनोविज्ञानमा प्रस्तुत हुनु नै नेपालको असफलताका कारण बने । नेपालले हार व्यहोरेका यी चारवटै खेलमा ब्याटिङ नै समस्या रह्यो । विश्वकप खेलेको नेदरल्यान्ड्स र क्यानाडाविरुद्ध नेपालले जित्छु भन्ने मनोविज्ञानमा खेल्न सकेन ।
यसअघिका प्रायः खेलमा हारेका कारण अफगानिस्तानविरुद्ध पनि नेपालको सोही नियति दोहोरियो । ‘बलिया मानिएका टोलीविरुद्ध नेपाल जितको मानसिकतामै उत्रन सकेन ।’ राष्ट्रिय टिम छनोट समितिका पूर्वप्रमुख विजय शर्मा भन्छन् ,‘ती टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले आत्मसमर्पण गरे ।’ उनी नेपाली टोली छनोट हुने मानसिकतामै त्यहा“ नपुगेको बताउ“छन् । ‘विश्वकप खेलेका टोलीलाई कहा“ जित्न सकिन्छ र भन्ने मनोविज्ञानले प्रभाव पा¥यो ।’ नेपाली क्रिकेटलाई नजिकबाट बुझेका उनी भन्छन्, ‘यसैकारण छनोट हुने सम्भावना बोकेको नेपाल पुनः एकपटक निराश बन्नुपरेको हो ।’
हुन पनि क्यानाडाबाट १ सय २ रनको लक्ष्य पाएको नेपाल ८३ रनमा समेटियो । पहिलो विकेटका लागि २१ रनको साझेदारी गरे पनि नेपाली ब्याट्सम्यानको पतन लगातार भयो । त्यस्तै, नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ८६ रनमा समेटिएको थियो । यस खेलमा प्रायः खेलाडी जम्न सकेनन् । नेपालविरुद्ध पहिले ब्याटिङ गरेको अफगानिस्तानले १ सय ५८ रन तयार ग¥यो । नेपाली टालीले भने १ सय २३ रन मात्र जोड्न सक्यो । सुरुआतका दुई खेलमा जित हात पारेर राम्रो सम्भावना देखाएको नेपालले तेस्रो खेलमा नसोचेको हार व्यहो¥यो । तुलानात्मक रूपमा कमजोर मानिएको पपुआ न्युगिनीविरुद्ध १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २ रनमा सीमित हुन पुग्यो । यी प्रायः सबै हारमा समस्याको रूपमा देखिएको ब्याटिङमा मनोविज्ञानले पनि ठूलो हिस्सा लिएको क्रिकेट बुझ्नेहरू बताउ“छन् । ‘नेपाली खेलाडी प्रतिभावान् छन्,’ शर्मा भन्छन्, ‘पछिल्लो परिणामले अब खेलाडीलाई काउन्सिलिङतर्फ ध्यान दिनुपर्ने आंैल्याएको छ ।’
खराब ब्याटिङ प्रदर्शनकै कारण नेपालले यस छनोट प्रतियोगितामा छनोट हुन अन्य टोलीको सहारा लिनुपरेको थियो । नेपालमा केही महिनाअघि सम्पन्न एसिसी टी–ट्वान्टी प्रतियोगितामा अन्य टोलीको प्रदर्शनबाट नेपालले सेमिफाइनलमा स्थान तयार गरेको थियो र त्यसैकारण यस छनोट प्रतियोगितामा सहभागी हुने अवसर पाएको थियो । एकदिवसीय विश्वकपको छनोटका रूपमा रहेको डिभिजन प्रतियोगितामा नेपालले दुई वर्षअघि तुलनात्मक रूपमा कमजोर मानिएको प्रतिद्वन्द्वी तान्जानियाविरुद्ध अप्रत्यासित हार व्यहोरेपछि नेपाल छनोट होडबाट बाहिरिन पुगेको थियो । तान्जानियाविरुद्ध १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ८ रनमा समेटिएपछि ६ टोली सहभागी सो प्रतियोगितामा नेपाल शीर्ष दुईमा अटाउन सकेको थिएन  । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभको उपाधि जित्नुबाहेक नेपालले सिनियर स्पर्धामा अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया