काठमाडाैं । होटल संघ नेपालले २०८० माघ २ गते मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवस (Nepal Hospitality Day 2024) को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहनेछन् ।
५८ वर्षअघि विधिवतरुपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा Nepal Yearbook 2024 /E-Learning Platform मार्फत दक्ष कामदार उत्पादन सम्बन्धी Online Training Pack को पनि सार्वजनिक हुनेछ ।
साथै कार्यक्रममा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिनेछ ।
प्रतिक्रिया