बलान बिहुल गाउँपालिकामा सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

सप्तरी । बलान बिहुल गाउँपालिका–४ मा बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । पालिकाका अध्यक्ष यादवले लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि ई. नबीन झा, बलान बिहुल गाउँपालिका– ४ वडा अध्यक्ष लक्ष्मीनारायण झा (सुनील झा) को अघ्यक्षतामा आयोजित एक कार्यक्रममार्फत १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको छ ।

बलान बिहुल गाउँपालिका– ४ का अध्यक्ष झाका अनुसार भूमिहीन तथा सुकुम्बासीहरुको पहिचान गरी जग्गाको लालपूर्जा वितरणसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी निस्सा वितरण गरिएको र अगामी दिनमा लालपूर्जा समेत वितरण गरिने छ ।

प्रतिक्रिया