फिदिममा सहकारी कोपमिस तालिम

पाँचथर । जिल्ला सहकारी संघ पाँचथरको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको साझेदारीमा फिदिममा सहकारी तथा गरीबी सम्बन्धी ब्यवस्थापन सुचना प्रणाली (copomis) सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । तालिम फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सुरु भएको हो । कोपोमिस तालिममा पाँचथर, ताप्लेजुड र तेह्रथुम जिल्लाका गरी कुल २१ वटा सहकारी संस्थाका २१ जना संचालक एवं व्यवस्थापकहरुको सहभागीता रहेको छ । सहकारी संघसंस्थाहरुको सम्पुर्ण विवरण कम्प्युटर प्रविधिमा अनलाइन सिस्टमबाट राख्न सिकाउने उदेश्यले संचालित सो तालिमको सहजीकरण राष्टिय सहकारी बैक फिदिम शाखाका प्रमुख सुमन श्रेष्ठ र पॉचथर जिल्ला सहकारी संघका उपाध्यक्ष मणीराज भण्डारीले सहजीकरण गरेका छन् ।

पाँचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझाको अध्यक्षतामा सुरु भएको उक्त तालिममा प्रमुख अतिथि नगरप्रमुख मित्रप्रसाद काफ्लेले देशको समृद्धि र गरिवी न्युनीकरणमा सहकारीको महत्वपुर्ण योगदान रहेको बताए । उनले सहकारी संस्थाहरुले पारदर्शी र व्यवस्थित ढंगबाट संचालन गर्ने काममा जुट्न सकेमा सहकारीको भविस्य राम्रो रहेको बताए ।

काफ्लेले सहकारी संघ सस्थाहरुको विकासका लागी स्थानीय सरकारले सकेसम्म आवश्यक पहल गर्ने उल्लेख गरे । तालिम उद्घाटन सत्रमा पॉचथर जिल्ला सहकारी संस्थाका उपाध्यक्ष मणीराज भण्डारी, नगरपालिका सहकारी शाखाकी प्रमुख सरस्वती शिवाकोटी, जिल्ला सहकारी संघकी कोषाध्यक्ष दिलकुमारी ओझा, सदस्य लक्ष्मीप्रसाद भण्डारी लगायतले तालिमको सफलताको शुभकामना दिए । तालिमका सहभागीहरुलाई जिल्ला सहकारी संघका उपाध्यक्ष तथा पत्रकार रामप्रसाद बॉस्कोटाले स्वागत गरेका थिए ।

प्रतिक्रिया