काभ्रे १ बाट माओवादी केन्द्रका सूर्यमान दोङ दोस्रो पटक विजयी

काभ्रे । काभ्रे जिल्लाको प्रतिनीधि सभा १ नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । दोङले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामालाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय पनौतीका अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले ३४ हजार ५ सय १२ मत ल्याई काभ्रे जिल्लाको प्रतिनिधि सभामा दोस्रो पटक विजयी भएका हुन । यस अघि ०६४ मा दोङले सोही क्षेत्रबाट माओवादी बाट विजयी भै पहिलो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

दोङका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका रेशम लामा को ३० हजार ५ सय ४८ मात्रै मत प्राप्त गरी पराजित भएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरी तेस्रो स्थान राख्न सफल भएका छन् । विजयी दोङ र प्रतिस्पर्धी लामाको मतान्तर ३ हजार ९ सय ६४ छ ।

प्रतिक्रिया