माेरङ २ बाट एमालेका पाेखरेल विजयी, सुजाता कोइराला पराजित

माेरङ । मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट कांग्रेसकी उम्मेदवार सुजाता काेइरालालाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

कोइरालालाई १ हजार २०८ मत अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।

प्रतिक्रिया