महोत्तरी- ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर विजयी भएका हुन् ।

ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया