काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित

काभ्रे । काभ्रे जिल्लाको प्रतिनीधि सभा २ नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । बाँस्कोटाले आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंलाई पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस का हुमागाईं लाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै काभ्रे प्रतिनिधि सभा २ मा विजयी भएका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी हुमागाईको ३९ हजार ४ सय २८हजार मात्रै मत प्राप्त गरी पराजित भएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १०हजार ५ सय ८६ मत प्राप्त गरी तेस्रो स्थान राख्न सफल भएका छन् । यो जीत सँगै बास्कोटाको संसदको यात्रा दोस्रो पटक रहेको छ ।

अघिल्लो ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट एमालेबाट बाँस्कोटाले देशभरको तेस्रो ठूलो भारी मतान्तरले विजयी भएका थिए । बाँस्कोटाले त्यतिबेला नेपाली कांग्रेसका उम्मेद्वार मधु आचार्य लाई पराजित गरेका थिए । नेकपा एमाले सरकारमा रहँदा सरकारको प्रवक्ता र सूचना तथा संचार मन्त्री समेत भएका थिए ।

प्रतिक्रिया