पाँचथर । प्रतिनिधिसभा सदस्यमा पाँचथरबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ विजयी भएका छन् ।
४७ मतको झिनो अग्रताले कांग्रेसका उम्मेदवार भिष्मराज आङ्देम्बेलाई पछि पार्दै नेम्वाङ विजयी भएका हुन् । ३२ हजार १ सय १० मत प्राप्त गरेका नेम्वाङका प्रतिस्पर्धी आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरे ।
नेम्वाङ २०७४ सालमा वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका नेम्वाङले हालकै प्रतिस्पर्धी आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले पराजित गर्दै सांसद बनेका थिए ।
सत्ता गठबन्धनको तर्फका पाँचथरबाट उम्मेदवार बनेका आङ्देम्बे पराजित हुँदा जिल्लाको दुवै प्रदेशसभा सदस्यमा भने गठबन्धनका उम्मेदवार प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादी का जिल्ला अध्यक्ष कमल जवेगु सानदार मतले विजयी भएका छन् ।
प्रतिक्रिया