एकीकृत समाजवादीको घोषणापत्र : ‘घरघरमा बिजुली, जनजनमा सेयर’ (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणाली सुधारमा जोड दिएको छ । सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन आवश्यक रहेको औंल्याए ।

घोषणापत्रमा भनिएको छ,’यो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । ’

नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।

यस्तै, समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घरघरमा बिजुली, जनजनमा सेयरमा निती लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा भनिएको छ, ‘वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिदैन । आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिवद्ध छौं । ’

प्रतिक्रिया