प्रदेश सरकारको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानूपतिक निर्वाचन प्रणाली

कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको खारेजी, पूर्ण समानुपाति निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने प्रसताव अगाडि सारेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९का लागि पार्टीको तर्फबाट सो पार्टीले यस्तो प्रस्ताव अगाडि सारेको हो। सो पार्टीले राजा बीरेन्द्रले अगाडि सारेर बहुदल आएपछि अलपत्र परेको नेपालको शान्ति क्षेत्र घोषणा गर्ने प्रस्तावलाई सो पार्टीले अगाडि सार्ने घोषणा गरेको छ। सो पार्टीले कुनै पनि ब्यक्ति एउटै पदमा दुई कार्यकाल नरहने प्रसताव अगाडि सारेको छ।


त्यसैगरी संविधानसभाको निर्वाचन अगाडि नेकपा माओवादी लगायत दलले अगाडि सारेको पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि सो पार्टीले चुनावी एजेण्डाका रुपमा अगाडि सारेको छ। त्यसैगरी अभिभावकीय राजसंस्था राख्ने प्रस्तावलाई पनि सो पार्टीले अगाडि सारेको छ । त्यसैगरी सो पार्टीले पूर्ण स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्रको प्रसताव पनि अगाडि सारेको छ ।

प्रतिक्रिया