भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो : डा. भट्टराई

गोरखा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा भोट माग्दै नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रचण्ड नै प्रधानमन्त्री बन्ने बताएका छन् ।

डा. भट्टराईले आज गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार प्रचण्डलाई भोट माग्दै आगामी दिनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका हुन् । आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् । गो

‘यहाँ कसैले अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री हो, यही क्षेत्रले प्रधानमन्त्री पनि, मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

सुरेन्द्र पाण्डे गोरखा क्षेत्र नंम्बर २ बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवार हुन् ।

प्रतिक्रिया