काठमाडौ । जि.डब्लु.एम हाभल जोलायन लाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम द्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ । परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको उल्लेख छ ।
हाभल जोलायन जि.डब्लु.एमका गाडीमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको एकक्यापका प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले बताएका छन । थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन ले पहिले नै एनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छ । जि.डब्लु.एम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
भिजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स,ग्रेट वाल मोटर नेपालले यस्ता गाडीहरु नेपाल ल्याउन सफल भएको हो ।
प्रतिक्रिया