बजाजको ‘पल्सर एनएस १२५’ नेपालमा

काठमाडौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ गरेको छ । गत भदौ २८ गते बिर्तामोडबाट सुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ । देशका मुख्य सहरहरूमा भएको यस लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुति रहेको थियो । यसैगरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समयपश्चात् डेलिभरी पनि सुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया