साउनको पहिलो सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा लागेको भक्तजनको भिड । सोमबार पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयहरूमा दर्शनार्थीको ओइरो लागेको थियो । साउन लागेसँगै शिवालयहरूमा भक्तजनको चहलपहल बढेको छ । साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । पशुपति क्षेत्रमा साउन महिला र त्यसमा पनि सोमबार विशेष भिड लाग्ने गर्छ । यसवर्ष साउनमा पाँच सोमबार परेका छन् । पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भिड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवको पूजा, आराधना र दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यसअघि ०७७ र ०७८ सालमा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो ।
प्रतिक्रिया