काठमाडौं, . राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु) को पूर्ण सदस्य बनेको छ ।
विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आइडियुको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् । यसअघि नेपालबाट आइडियु फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशक पछि आइडियु को पुर्ण सदस्यता प्राप्त गरेको हो ।
जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आइडियु को फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो । राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आइडियुका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियुको पुर्ण सदस्यताको प्रमाण पत्र ग्रहण गरेकाछन ।
बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडियुका उपाध्यक्ष हिकमत जङ्ग कार्की सहभागी भएका छन् ।
आइडियु फोरम बैठकका क्रममा युरोप पुग्नुभएका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्विटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए
प्रतिक्रिया