काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डु देखि भोटेचौर सम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत १४ जेठमा आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी,तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्ट सम्म पुगेको थियो ।
उक्त राइडमा सहभागी बीच एकतामुलक विभिन्न गेम खेलाइएको थियो । उनिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको विज्ञप्तिमा उल्लेख छ । राइडमा टिभिएस एनटर्कका ७० जना राइडरको सहभागि थिए । जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको बताए । उक्त राइड सबै सुरक्षा सावधानीका साथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राबिधिक टिमले दिएको थियो ।
प्रतिक्रिया