काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ वैशाखदेखि नै लागू हुनेगरी डीआईजी चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरेको थियो ।
बढुवा भएका एआईजीहरूलाई गृहमन्त्रालयले मंगलबार पदस्थापन गरेको हो । चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पदस्थापन गरिएको छ । यस्तै, लालमणि आचार्य नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा, कृष्णहरि शर्मा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा पदस्थापन भएका छन् ।
अर्का एआईजी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा, एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रभाव कार्यालय अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । यसैगरी, एआईजी मनोजकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापन भएको छ ।
प्रतिक्रिया