काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना रिटमा सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ मागेको छ । आज (मंगलबार) अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो ।
सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको हो । ‘आफै वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईकेलले सुनाए । आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको रिट दर्ता भएको थियो । अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया