आन्दोलनमा रहेका चिकित्सकहरूले आज २७ औं दिनमा पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत चैत २१ गतेदेखि सेवा बहिष्कार गरेर सडकमा उत्रिएका आवासीय चिकित्सकहरूले चिकित्सकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले आठौं तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूको माग राखेका छन् ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया