शिक्षकहरूलाई विद्यालय पठाउने वातावरण सिर्जना गर्न सांसद खतिवडाकाे माग

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय पठाउने वातावरण सिर्जना गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले शिक्षक दलहरूका मात्रै नभएर सबैका भएको बताएका हुन् ।

‘शिक्षक कांग्रेस-एमाले र माओवादीका मात्र होइनन्, सम्पूर्ण देशका शिक्षक हुन् । उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउनेको रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सिर्जना गरियोस् । शिक्षामन्त्रीले संसदमा आएर जवाफ दिने वातावरण होस्,’उनले भने । सांसद खतिवडाले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न पनि माग गरे ।

प्रतिक्रिया