बढ्यो सुनको मूूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सोमबार एक तोला सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज एक तोला चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया