लिभरपुललाई कीर्तिमानी २०औँ प्रिमियरसिप उपाधि

लन्डन । लिभरपुलले २०औँ पटक इंग्लिस प्रिमियरसिपको उपाधि जितेर नयाँ कीर्तिमान बनाएको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँगै २०औँ प्रिमियर सिपको उपाधि जितेर कीर्तिमान बराबरी गरेको हो । आइतबार भएको खेलमा टोटनहाम हस्टस्पर्सलाई ५–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । उपाधिका लागि १ अंक पर्याप्त हुने लिभरपुल सुरुअवातमै डोमिनिक सोलान्केको गोलका कारण पछि परेको थियो । त्यसपछि लिभरपुलले पहिलो हाफमा नै ३ गोल गरेको थियो ।

खेलको १६औँ मिनेटमा लुइज डियाजले लिभरपुलका लागि पहिलो गोल गरे भने त्यसको ८ मिनेटपछि एलिक्सस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा कोडी गाक्पोले गोल गरे । ६३औँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे । टोटनहामका डेस्टिनी टोटोगोइले आत्मघाती गोल गरे ।

लिभरपुलले सन् १९९० यता पहिलोपटक आफ्नै दर्शकका सामु उपाधिको सफलता पाएको हो । अन्तिमपटक लिभरपुलले सन् २०२० को कोभिड महामारीको समयमा दर्शक उपस्थित नगराई खेलाइएको रंगशालामा उपाधि जितेको थियो ।

लिभरपुलले जितेका २० मध्येका १८ उपाधि सन् १९९२ भन्दा अघिका थिए । यसअघि सन् १९७० देखि ८० को दशकमा सनसनी फैलाएको लिभरपुलले सन् १९९३ देखि १९९० को बीचमा ११ पटक उपाधि जितेको थियो ।

प्रिमियरसिपकै अर्को खेलमा बोर्नबाउथ र म्यानचेस्टर युनाइटेडबिच १–१ गोलको बराबरी भयो । १० खेलाडीमा सीमित बोर्नबाउथको अर्को वर्षको युरापेली प्रतियोगितामा सहभागिता जनाउने इच्छामा धक्का दिने क्रममा म्यानचेस्टरका रासमस हेजुल्यान्डले इन्जुरी समयमा गोल गरे । बोर्नमाउथले २३आँै मिनेटमा एन्टेनियो सेमेन्योको गोलमा अग्रता लिएको थियो । उनको सिजनको यो ११आँै प्रिमियरसिप गोल हो । बोर्नमाउथका एभानिल्सनले ७०आँै मिनेटमा रातो कार्ड पाएपछि सो टोली १० खेलाडीमा सीमित भएको थियो ।

यस सिजन विगत वर्षको भन्दा खराब फर्ममा रहेको म्यानचेस्टर सिटीले भने कमसेकम एउटा उपाधि जित्ने सम्भावना कायम राखेको छ । सिटी लगातार तेस्रोपटक एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा नटिङघम फरेस्टलाई २–० ले हराएको सिटीले १७ मेमा क्रिस्टल प्यालेससँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया