काठमाडौं । विरेन्द्र भाट (विपिन) ले निर्देशन गरेको ‘तिमी नै छौ यो मनमा’ नामक गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । उक्त गीतमा दीपेन्द्र अधिकारीको शब्द रहेको छ भने गायिका अञ्जु पन्त र गायक दुर्गा पराजुलीको आवाज रहेको छ । त्यसैगरी दुर्गाकै संगीत, राजु कार्कीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।
त्यस्तै विरेन्द्र भाट (विपिन) ले नै भिडियो सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमेरेले फिचरिङ अभिनय गरेका छन् । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको चिडियो निर्देशक भाटले बताए ।
कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको उनले बताए । महेश महराको छायांकन रहेको भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक–अर्काप्रतिको समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई मनमोहक ढंगमा प्रस्तुत गरिएको छ ।
भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । उक्त गीतको भिडियो डिए क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियो निर्देशक भाटले यसअघि पनि धेरै म्युजिक भिडियोहरु निर्देशन र सम्पादन गर्दै बजारमा ल्याइसकेको बताए ।
प्रतिक्रिया