काठमाडौं । शिक्षकहरुको आन्दोलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला लगायतका नेताहरूले आज बिजुलीबजारमा उपस्थित भएर एकबद्धता जनाएका छन् ।
गत चैत २० गतेबाट सुरु भएको शिक्षकहरुको आन्दोलन आज २७औँ दिन पनि जारी छ । उनीहरुले शिक्षा ऐनलगयत विभिन्न माग राख्दै काडमाडौंमा आन्दोलनरत छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरेको छ ।
प्रतिक्रिया