पार्टीको सदस्यता त्यागेर सत्य र न्यायको पक्षमा उभिन शिक्षकहरूलाई सुमनाको आह्वान

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादतर्फ अघि बढाएको आरोप लगाएकी छिन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद श्रेष्ठले सरकारले शिक्षकहरुमाथि दमन गरेको भन्दै विद्यार्थीहरुको पढ्न पाउने हकको हनन नगर्न शिक्षकहरुको यथोचित मागलाई सम्बोधन गर्नुपर्ने बताइन् ।

‘हिजो जुन प्रकारले शिक्षकहरुमाथि राज्यले दमन गर्यो, दर्जनौँ शिक्षकहरु घाइते भएर अस्पतालमा छन् । उहाँहरुको मागहरु न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सरकारले सम्बोधन गर्नुपर्यो । शिक्षाको बजेट कति छ, आएर शिक्षकहरुले भन्नुपर्यो र पठनपाठनको वातावरण बनाउनुपर्यो । हाम्रा बच्चाहरुको बढ्ने अधिकार गुमिरहेको छ ।’, सांसद श्रेष्ठले भनिन्, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको यसमा फरक मत राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता पनि हो । जुन तरिकाले राज्य अधिनायकवादतर्फ अघि बढिरहेको हो कि भनेजस्तो भान भइरहेको छ, त्यो बहुमतको अत्याचारतर्फ त सरकार गइरहेको छैन ? म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’

त्यस्तै उनले शिक्षकहरुले पार्टीको सदस्यता लिउञ्जेलसम्म शिक्षकहरुलाई राजनीतिक दलले कार्यकर्ता बनाइरहने भएकाले उनले पार्टीको सदस्यता त्याग्न समेत अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया