ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले तयार पारेको ११ केस स्टडी समेटेर प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युस् दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन भएको छ । आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरूमा आधारित उक्त अध्ययनको आइतबार विमोचन भएको हो ।
प्रमुखअतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्राडा जिन नोएल एजिन्गार्डले कार्यक्रममा पुस्तक सार्वजनिक गरे । कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गरे । उनले स्वागत मन्तव्यमा इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे विशेष चर्चा गरे ।
प्रतिक्रिया