हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बंैकको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरिएको छ । उक्त शाखा हाल भएको स्थानबाट कामनपा–९ बत्तीसपुतलीस्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरिएको हो ।

बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका थिए ।

प्रतिक्रिया