शिक्षक आन्दोलनको झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ जना प्रहरी, एक जना पत्रकार र २० जना शिक्षक घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरासमेत हानेको थियो । पानीको फोहोराले पत्रकार सविना कार्की घाइते भएकी छन् । उनको दुवै आँखामा चोट लागेको छ ।

प्रतिक्रिया