काठमाडौं । शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीलाई भेट्न पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोली तिलगंगा अस्पतालमा पुगेको छ ।
पत्रकार कार्की आइतबार शिक्षकहरुको आन्दोलनमा शिक्षकहरु र प्रहरीबीचको झडपमा घाइते भएकी छन् । उनको दुवै आँखामा चोट लागेको बताइएको छ ।
कार्कीसँगै अन्य व्यक्तिहरु पनि घाइते भएको बताइएको छ । शिक्षकहरुले शिक्षा ऐनलगायत विभिन्न माग राख्दै धेरै दिनदेखि काठमाडौंमा आन्दोलित छन् ।
प्रतिक्रिया